२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

महिला स्वास्थ्य स्वयंसेविका सम्मानित

Nada
२०८१ मंसिर २० गते १८:१८
Shares
महिला स्वास्थ्य स्वयंसेविका सम्मानित

स्याङजा : स्याङ्जामा राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइँदैछ । राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसर पारेर पुतलीबजार नगरपालिकाले स्वास्थ्य प्रशिक्षणसहित १३ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको हो । 

ncell

नगद र प्रमाणपत्रसहितले सम्मान गर्दै नगरप्रमुख तुलसीराम रेग्मीले स्वयंसेवीभावबाट सेवारत स्वयंसेविका पहिलो डाक्टर भएको बताए । स्वास्य स्वयंसेविकाको सहयोग र भूमिका समाजमा अतुलनीय रहेको जनाउँदै उनीहरु सधैंभरी सम्मानयोग्य रहने बताए । 

महिला स्वयंसेविकालाई लक्षित गर्दै उनीहरूलाई आत्मनिर्भर बनाउन नगरपालिकाले विशेष योजनासहित अघि बढेको जानकारी गराए ।  कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगाना, नगर प्रवक्ता मनोज पौडेल, सिनियर अनमी गीता न्यौपाने, महिला स्वास्थ्य स्वयंसेविका भिमा जिटीलगायतले स्यंसेविकाको काम, कर्तव्य र समस्याका बारेमा जानकारी गराउँदै उनीहरूको योगदानलाई मुल्यांकन गर्न आग्रह गरे । 

यसैगरी, नगरस्तरीय सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका समिति संयोजक तथा उपप्रमुख देवी अर्याल, स्वास्थ्य शाखा प्रमुख अनिषा सुवेदी र स्वास्थ्य अधिकृत भवानीशंकर पोखरेललगायतले नगरपालिका भित्रका महिला स्वास्थ्य स्यंसेविकाको सहयोगले नगरपालिका पूर्ण खोप सुनिश्चितता र जिल्लामै पहिलो र गण्डकी प्रदेशमा तेस्रो स्थानमा आउन सफल भएको जानकारी गराए ।  

सम्मानित हुनेमा वडा नं २ देखि १४ सम्म सेवारत महिला स्वास्थ्य स्वयंसेविकाहरू मध्ये क्रमशः जमूना गुरुङ, भिमकुमारी गुरुङ, तारा पोखरेल, खुमकुमारी मल्ल, सुमित्रा कार्की, मैना थापा, रमानाकुमारी शाही, राममाया राना, सुशिलादेवी राना, होमकुमारी लामिछाने, शोभा गुरुङ, भीमा जि.टी.र तीलकुमारी मल्ल छन् । 

पुतलीबजार नगरपालिका अन्र्तगतका १४ वटा वडामा १०१ महिला स्वास्थ्य स्वयंसेविका सेवारत छन् । 

सम्बन्धित खबर