२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

गढीमाइमा बलि दिएका पशुको उचित व्यवस्थापन गर्न निर्देशन

Nada
२०८१ मंसिर १९ गते १६:२७
Shares
गढीमाइमा बलि दिएका पशुको उचित व्यवस्थापन गर्न निर्देशन

काठमाडौं :संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गढीमाई मन्दिरमा बलि दिइएका पशुपंक्षीको उचित व्यवस्थापन गर्न निर्देशन दिएको छ ।

ncell

मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामकृष्ण लामिछानेले बुधबार सूचना प्रकाशित गरी सर्वोच्च अदालतको आदेशलाई शिरोपर गर्दै हाम्रा धार्मिक एवं सांस्कृतिक प्रथा, परम्परा र प्रचलनलाई व्यवस्थित, मर्यादित र समयानुकूल बनाउँदै मानवीय एवं वातावरणीय पक्षमा प्रतिकूल असर नपर्ने गरी आ–आफ्ना प्रथा, परम्परा, चालचलन, रीतिरिवाज एवं धार्मिक अनुष्ठान सञ्चालन गर्नु गराउनु हुन आग्रह गरेका छन्।

सर्वोच्च अदालतबाट २०७३ साउन २० मा सम्बन्धित निकायका नाउँमा ‘पशुबली दिने दिलाउने कार्यमा प्रत्यक्ष वा परोक्षरूपमा प्रोत्साहन वा सहयोग पुग्ने गरी सरकारको तर्फबाट कुनै कार्य नगरी त्यस्तो कार्यलाई निरुत्साहित गर्नु गराउनु भनी जारी गरिएको परमादेश र गढीमाई मेलाका क्रममा हुने गरेको वातावरणीय प्रदूषण नियन्त्रण गरी स्वस्थ र स्वच्छ वातावरण कायम राख्न बली दिइएका पशुपक्षीका मासुलगायत पदार्थको उचित व्यवस्थापन गर्नु, मासुको गुणस्तर निर्धारण, परीक्षण र नियन्त्रण गर्नु तथा गढीमाई मन्दिर र आसपासका क्षेत्रका स्वस्थ र स्वच्छ वातावरण कायम गर्न तथा बली दिइएका पशुको रगत, मासु, छाला लगायत अन्य कारणबाट स्थानीय जनस्वास्थ्यमा प्रतिकूल असर पर्न नदिन आवश्यक प्रबन्ध मिलाउनु’ भनी जारी गरिएको परमादेशको आदेशका सन्दर्भमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयले प्रथा परम्परा अनुसार चाडपर्व मनाउने कार्यले समाजका अन्य सम्प्रदाय वा समुदायको भावनामा चोट नपुगोस् भन्नेतर्फ सचेत रहन पनि आग्रह गरेको छ ।
 

सम्बन्धित खबर