२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

विद्यालयको रकम हिनामिना गर्ने प्रधानाध्यापक पक्राउ

Nada
सत्येन्द्र प्रताप सिंह
२०८१ मंसिर १८ गते २०:४६
Shares
विद्यालयको रकम हिनामिना गर्ने प्रधानाध्यापक पक्राउ

रौतहट : विद्यालयको खातामा रहेको रकम हिनामिना गरेको आरोपमा चन्द्रपुर नगरपालिकामा रहेको श्री आधुनिक प्राथमिक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन् ।

ncell

चन्द्रपुर नगरपालिकाले राजपैडामा रहेको उक्त विद्यालयमा ४ कोठे पक्की भवन निर्माणका लागि चन्द्रपुर नगरपालिकाले विद्यालयको खातामा ४७ लाख ७५ हजार रुपैयाँ पठाएको थियो । भवन निर्माणका लागि विद्यालयको खातामा रहेको कुल ५३ लाख ९८ हजारको कार्यादेशसहित ब्रहमबाबा कन्सट्रक्सनसँग ठेक्का सम्झौता गरेको थियो । नगरपालिकाको विशेष अनुदानबाट भवन निर्माणका लागी बैंक खातामा रकम पठाएपछि निर्माण सम्पन्न भए पश्चात भुक्तानी गर्नका लागि नगरपालिकाले रकम रोक्का राखेको थियो ।

ब्रहमबाबा कन्सट्रक्सनसँग ठेक्का सम्झौतापछि प्राविधिक नाप जाँच पश्चात पहिलो रनिङ बिल भरपाइएको आधारमा २० लाख १० हजार पाँच सय रुपैयाँ भुक्तानीका लागि पत्र पठाएको थियो । निर्माण कम्पनीले बैंकबाट रकम निकालेपछि विद्यालयका प्रधानाध्यापक किशोर चौधरीले चन्द्रपुर नगरपालिकाको सोही पत्रहरुमा किर्ते हस्ताक्षर गरेर ब्रह्मबाबा कन्ट्रक्सनले भुक्तानी पाउने गरी रोक्का रहेको २९ लाख ३५ हजार रुपैयाँ झिकेर हिनामिना गरेका थिए ।

विद्यालयको खातामा रहेको रकम निकाली हिनामिना गरेका प्रधानाध्यापक चौधरीलाई लिखत सम्बन्धी कसूर अन्तर्गत मुद्दामा रौतहट जिल्ला अदालतबाट म्याद थप लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक रायले बताए ।

सम्बन्धित खबर