२०८२ भदौ २१ गते शनिवार / Sep 06 , 2025 , Saturday
२०८२ भदौ २१ गते शनिवार
Ads

भारतीय नागरिकको उद्वार

shivam cement
राहुल गुप्ता
२०८१ मंसिर १६ गते २२:२६
भारतीय नागरिकको उद्वार


बारा : सशस्त्र प्रहरी बल नेपाल बाराले आत्महत्या प्रयास गर्ने एक भारतीय नागरिकको जिवितै उद्वार गरेको छ । 

बारा कलैया उपमहानगर पालिका वडा नं.१३ बलिरामपुर भन्ने स्थानमा बन्दै गरेको २४ मिटर अग्लो पक्की पानी ट्याङ्कीको संरचनामा सोही ट्याङ्की निर्माणमा मजदुरको रुपमा काम गर्दै आएका भारतीय नागरिक धिरेन्द्र चौधरीले आत्महत्याको प्रयास गरेका थिए । 

उनीसँगै काम गर्ने कामदारले देखेपछि स्थानीय बासिन्दाहरुलाई खबर गरेका थिए । उनको घाँटीबाट डोरीको पासो खोलेको तर उद्वार गर्न नसकेपछि प्रहरी चौकी बसतपुरलाई खबर गरिएको थियो । 

जिल्ला प्रहरी कार्यालय बाराबाट उद्वारको लागि सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म माटिअर्वा बाराबाट सशस्त्र प्रहरी नायब उपरीक्षक बिदुर भट्टराईको कमान्डमा ५ जनाको मोबाइल गस्ती टोली र जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक राधेश खत्रीको कमान्डमा १० जनाको संयुक्त टोलीले पानी उनको उद्वार गरेको हो । उनलाई  उपचारको लागि राज्यलक्ष्मी अस्पताल कलैया बारामा पठाइएको र अवस्था खतरामुक्त रहेको सशस्त्र प्रहरी बल नेपाल बाराले जनाएको छ ।  
 

ADV

सम्बन्धित खबर

Advertise