२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

बोदेबरसाइन पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा

Nada
घुरन यादव
२०८१ असार ६ गते १३:३०
Shares
बोदेबरसाइन पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा

सप्तरी : सप्तरीको बोदेबरसाइन नगरपालिका पूर्ण खोप सुनिश्चिता तथा दिगोपना नगरपालिका घोषणा भएको छ । मधेश प्रदेशका प्रदेश सभा सदस्य अनिरुद्ध कुमार सिंहको प्रमुख आतिथ्यतामा बुधबार आयोजित कार्यक्रममा बोदेबरसाइनलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना नगरपालिका घोषणा गरिएको हो ।

ncell

नगरपालिकाभित्रका सम्पूर्ण बालबालिकाले पूर्ण खोप लगाएकाले नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख राज नारायण ठाकुरले जानकारी दिए ।

नगरपालिकाको स्वास्थ्य शाखाले हरेक वर्ष सबै वडाहरूमा पूर्णखोप सुनिश्चित भए नभएको अनुगमन गरेर मात्र पूर्णखोप सुनिश्चिता तथा दिगोपना नगरपालिका घोषण गर्ने गरेको उनले बताए ।

बोदेबरसाइन नगरपालिकाका प्रमुख आतेश कुमार सिंहको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख रेणु कुमारी साह, प्रमुख प्रशासकीय अधिकृत दिलिप कुमार यादव, वडा अध्यक्षहरु, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।

uae

सम्बन्धित खबर