२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

नयाँ म्यानपावर दर्तामा प्रक्रियागत कडाइ

Nada
२०८१ मंसिर १४ गते ०६:२०
Shares
नयाँ म्यानपावर दर्तामा प्रक्रियागत कडाइ

काठमाडौं : वैदेशिक रोजगार विभागले नयाँ इजाजत तथा शेयर खरिदमा हुने लगानीको स्रोत देखाउनेदेखि कर्मचारीको नियुक्तिलगायतका विषयमा नयाँ व्यवस्था गरेको छ ।

ncell

विभागले बिहीबार संस्था दर्ता, नवीकरण, शेयर दाखेल खारेजसम्बन्धी सरोकारवालालाई नयाँ सूचना जारी गर्दै उक्त जानकारी दिएको हो ।

विभागले संस्था दर्ता, नवीकरण, शेयर दाखेल खारेजका लागि आवश्यक पर्ने व्यक्तिगत चारित्रिक विवरण प्रहरी प्रतिवेदन नेपाल प्रहरीको सीआरएस प्रणालीमार्फत माग गर्नुपर्ने, म्यानपावर कम्पनीले कर्मचारी नियुक्ति गर्दा कम्तीमा न्यूनतम पारिश्रमिक पाउनेगरी नियुक्ति गरी मासिक तलबलगायतका सुविधा र सबै आर्थिक कारोबार बैंकिङ प्रणालीमार्फत मात्र भुक्तानी गर्नुपर्ने बताएको छ ।

सरकारले हाल मासिक न्यूनतम पारिश्रमिक १७ हजार ३०० रुपैयाँ कायम गरेको छ । कतिपय म्यानपावर कम्पनीमा कार्यरत कर्मचारीले उक्त तलब नपाएको गुनासो गर्ने गरेका छन् ।

विभागले १० लाख रुपैयाँभन्दा बढीको शेयर लगत पेस गर्दा वैध आम्दानीको स्रोत खुलाउनुपर्ने र नयाँ म्यानपावर कम्पनी दर्ता गर्दा राष्ट्र बैंकमा जम्मा गर्नुपर्ने धरौटी रकमको पनि  स्रोत खुलाई पेस गर्नुपर्ने निर्देशन दिएको छ । यसले स्रोत नखुलेको नगद धरौटी राख्नसमेत नपाइने भएको छ ।

त्यस्तै, विभागले म्यानपावर कम्पनीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुन तथा म्यानपावर कम्पनीमा कार्यरत कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आवद्ध गराउनुपर्ने बताएको छ । विभागले म्यानपावर कम्पनीको कार्यालयको ठेगाना स्पष्ट हुनेगरी जीपीएस लोकेसन ट्र्याकसमेत गर्न मिल्नेगरी लिंक राख्नुपर्ने निर्देशन पनि दिएको छ ।

विभागले वैदेशिक रोजगार व्यवसायी संस्था अर्थात् म्यानपावर कम्पनी, स्वास्थ्य संस्थाहरू, अभिमुखीकरण तालिम प्रदायक संस्थाहरूले आफ्नो निर्देशन अनिवार्य पालना गर्नुपर्ने भन्दै नगरेको पाइएमा कानुनी व्यवस्था आकर्षित हुने अर्थात् कारबाही गर्ने बताएको छ ।

ताजा खबर

सम्बन्धित खबर