२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

टाइम्स अफ मधेशद्वारा आयोजित वतृत्वकला प्रतियोगिता सम्पन्न

Nada
सत्येन्द्र प्रताप सिंह
२०८१ मंसिर ११ गते २१:०७
Shares
टाइम्स अफ मधेशद्वारा आयोजित वतृत्वकला प्रतियोगिता सम्पन्न

रौतहट : रौतहटको पश्चिमी भेगमा पर्ने परोहा नगरपालिकामा रहेको श्री अन्होती लाल माध्यमिक विद्यालयमा  टाइमस अफ मधेशद्वारा आयोजना गरिएको शिक्षाको महत्व विषयक वतृत्वकला प्रतियोगीता सम्पन्न भएको छ । 

ncell

परोहा नगरपालिका वडा नम्बर ६ मा रहेको श्री अन्होतीलाई माध्यमिक विद्यालयका कक्षा ८ देखि कक्षा १२ सम्मका छात्र, छात्राहरुको सहभागिता रहेको सो कार्यक्रमका अध्यक्षता विद्यालयका प्रधानाध्यापक यदुनी दासले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि परोहा नगरपालिकाका  वडा नम्बर ६ बसन्तपट्टिका वडाध्यक्ष रामविलास जैसवार रहेका थिए । 

कृषक कृषि सहकारी संस्था लिमिटेड तथा सिद्वार्थ ट्रेडर्सको विशेष सहयोगमा आयोजना भएको उक्त वतृत्वकला प्रतियोगितामा विशिष्ट अतिथिका रुपमा पूर्व वडाध्यक्ष जितेन्द्र कुमार पटेक, वडाध्यक्ष प्रत्यासी युवा समाजसेवी, नेता अमित प्रसाद जयसवाल, ईलाका प्रहरी कार्यालय कोपवा पिपरीयाका इन्चार्ज रामअवध राय यादव, परोहा नगरपालिकाका शिक्षा विज्ञ सुदामा यादवल तथा अतिथिका रुपमा कृषक कृषि सहकारी संस्थाका अध्यक्ष विरु पटेल, वडा सदस्यका प्रतिनिधि हरचन हजरा लगायतको उपस्थिति रहेको थियो । 

विद्यालयका कक्षा ८ देखि कक्षा १२ सम्मका १८ जना विद्यार्थीहरु सहभागी भएका सो वतृत्वकला प्रतियोगितामा रौशनी कुमारी जयसवल प्रथम, सन्तोष महतो दोस्रो तथा दिपिका जयसवालले तेस्रो स्थान प्राप्त गरेकी छन् । वतृत्वकला प्रतियोगितामा प्रथम, दोस्रो तथा तेस्रो हुने विद्यार्थीहरुलाई डायरी र कलम तथा सहभागी सम्पूर्ण विद्यार्थीहरुलाई कपि, कलम विशिष्ट अतिथि अमित जयसवाल र सभा अध्यक्ष यदुनी दासले हस्तान्तरण गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर