२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम

Nada
२०८१ मंसिर ११ गते ११:१५
Shares
चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम

काठमाडौंः चन्द्रागिरि नगरपालिकाले  नगर क्षेत्रका शिक्षित युवालाई ‘डिजिटल’ सीप प्रदान गरी स्वदेशमा नै सूचना प्रविधिका क्षेत्रमा रोजगारीका अवसर प्राप्त गर्न सक्ने वातावरण तयार गर्ने नीति लिएको छ । सोही नीतिलाई कार्यान्वयन गर्न नगरपालिकाले पहिलोपटक सोमबारदेखि डिजिटल तालिम सुरुवात गरेको छ । 

ncell

नगरपालिकाले रोजगार सेवा केन्द्र समन्वयमा  पहिलोपटक सञ्चालित सो तालिममा  करिब ९० दिन सहभागीले आफूअनुकूल दैनिक तीन घण्टा सूचना प्रविधिका विभिन्न ११ आयाम (मोलड)का बारेमा ज्ञान हासिल  गर्नेछन् । 

‘स्किल ल्याब’को सहयोगमा सञ्चालित सो तालिममा नगरका १५ वटै वडाका ५० युवा सहभागी छन् । तालिमपछि सोही संस्थाले तालिमका सहभागीलाई रोजगारीका लागि विदेशी संस्थासँग समन्वय गरिदिने जनाइएको छ । सीप र रोजगारीलाई जोड्ने सो तालिमपश्चात सहभागीले स्वदेशमै बसेर सूचना प्रविधिसम्बन्धी काम गर्न सक्ने जनाइएको छ ।

पछिल्लो समय नगरपालिकाले युवालाई विभिन्न क्षेत्रमा स्वदेशमा नै रोजगारीका अवसर प्राप्त गर्न सक्ने वातावरण तयार गर्न आवश्यक सीप मूलक तालिम, प्रशिक्षण तथा अन्य कार्यक्रम उच्च प्राथमिकता दिँदै आएको छ । 

सोमबार आयोजित तालिमको शुभारम्भ गर्दै चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नगरपालिकाको सेवालाई क्रमशः प्रविधिमैत्री बनाउँदै लैजाने नीति नगरपालिकाको रहेको जानकारी दिए । उनले भने, ‘स्वदेशमा नै रोजगारीको अवसर सृजना गर्न नगरपालिकाले युवा केन्द्रित कार्यक्रम, प्रशिक्षण तथा तालिम सञ्चालन गरिहेको छ ।’

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले नगरपालिकाले सञ्चालित रोजगारमूलक तालिमपछिको आबद्धता बढाउन पहिलोपटक डिजिटल तालिम सुरुआत गरेको र यसले सीप र रोजगारीलाई एकापसमा जोड्ने बताए ।

उनले भने, ‘डिजिटल तालिमपछि स्वदेशमा नै बसेर काम गर्न सक्ने रोजगारी प्राप्त हुने हुँदा नगरपालिकाले यस्ता तालिमलाई उच्च महत्व दिइएको हो । सूचना प्रविधिका क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई तालिबाट पूर्ति गर्न  पनि सहयोगसमेत मिल्छ । डिजिटल तालिमपछि सहभागीलाई रोजगारदातासंग कम्पनीसंग समन्वय पनि हु्ँदा  यसको महत्व उच्च छ ।’

कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका उपप्रमुख वसन्ती श्रेष्ठ, प्रवक्ता कृष्णप्रसाद खड्गी, रोजगार सेवा केन्द्रका प्रमुख पुष्पराज शर्माले तालिमका महत्वका बारेमा जानकारी गराएका थिए । 

ताजा खबर

सम्बन्धित खबर