२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

चन्द्रौटाबाट बाघको छालासहित १ जना पक्राउ

Nada
अर्जुन बेल्बासे
२०८१ मंसिर १० गते १९:२१
Shares
चन्द्रौटाबाट बाघको छालासहित १ जना पक्राउ

कपिलवस्तु : कपिलवस्तुको वडा प्रहरी कार्यालय चन्द्रौटाले पाटेबाघको छालासहित १ जनालाई पक्राउ गरेको छ । बाघको छालाको कारोबार भएको  भन्ने विशेष सूचनाका आधारमा वडा प्रहरी प्रमुख सुजन शाहको नेतृत्वमा सादा पोसाकमा खटिएको प्रहरी टोलीले शिवराज नगरपालिका–२ हल्लानगरस्थित करुणा रेष्टुरेन्ट एन्ड लजबाट बुटवल उपमहानगरपालिका–५ घर भएका ४१ वर्षीय विष्णु प्रसाद भट्टराईलाई पक्राउ गरेको हो ।

ncell

प्रहरी टोलीले लजको काउन्टरमा शंकास्पद अवस्थामा रहेका भट्टराईलाई खानतलासी गर्दा बोरामा लुकाएर राखेको पाटेबाघको छाला फेला परेको थियो । उक्त छाला टाउकोदेखि पुच्छरसम्म ६ फिट लम्बाइ, पुच्छर २ फिट २ इन्च लम्बाइको रहेको प्रहरीले जनाएको छ । छालामा ४ वटा दाह्रा, खुट्टाका पञ्जामा नंग्रा, र गोली लागेको जस्तो देखिने तीन साना प्वाल भेटिएका छन् ।

बरामद बाघको छाला, लु५८प ९७५५ नम्बरको मोटरसाइकल र पक्राउ परेका भट्टराईलाई थप कारबाहीका लागि डिभिजन वन कार्यालय गौतमबुद्ध चन्द्रौटा पठाइएको प्रहरीले जनाएको छ ।

वन्यजन्तु ऐन, २०२९ अनुसार पाटेबाघजस्ता संरक्षित जन्तुको छालाको कारोबार गम्भीर अपराध हो । प्रहरीका अनुसार सिमावर्ती क्षेत्रका कारण यस्तो तस्करी नियन्त्रणमा चुनौती थपिएको छ । पक्राउ परेका भट्टराईविरुद्ध कानूनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर