२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

'प्रधानमन्त्रीको चीन भ्रमणबारे कांग्रेस-एमालेमा विवाद छैन'

Nada
२०८१ मंसिर १० गते १४:५३
Shares
'प्रधानमन्त्रीको चीन भ्रमणबारे कांग्रेस-एमालेमा विवाद छैन'

काठमाडौँ : परराष्ट्र मन्त्री आरजु राणा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारीबारे सरकारमा सहभागी दुई मुख्य दल नेकपा एमाले र नेपाली कांग्रेसबीच सल्लाह भइरहेको बताएकी छिन् ।

ncell

चीन भ्रमणका एजेण्डाबारे प्रधानमन्त्री ओलीले आयोजना गरेको छलफलमा सहभागी हुने क्रममा परराष्ट्र मन्त्री देउवाले बाहिर हल्ला भएजस्तो विवाद नभएको जिकिर समेत गरिन् ।

‘सरकारमा सहभागी दुई वटा मुख्य पार्टीको टिम बसेर सबै कुरा सल्लाह गरेर नै हामीले यो भ्रमणको तयारी गरेका हौँ,’ उनले भनिन्, ‘बाहिर आए जस्तो विवाद छैन ।’

साथै, उनले प्रधानमन्त्रीको यो चीन भ्रमण सफल बनाउन नेकपा एमाले र नेपाली कांग्रेस दुवै लागिपरेको बताइन् । ‘भ्रमण सफल बनाउन दुई वटै पार्टी लागेका छन्, म यो भ्रमणको पूर्व तयारीको लागि दुई दिन पछि जाँदै छु,’ उनले भनिन्, ‘दुई दलको संयन्त्रबाट चीन भ्रमणका मुद्दामा सहमतिमा निचोडमा पुग्दै छौँ ।’

प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमणमा जाँदैछन् । त्यही भ्रमणको तयारी अन्तर्गत प्रधानमन्त्री ओलीले पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्र मन्त्री र मन्त्रीहरूसँगको सामूहिक छलफल गरेका हुन् ।

ताजा खबर

सम्बन्धित खबर