२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

सर्जिकल सेन्टरको उद्घाटन

Nada
लालबाबु बानिया
२०८१ असार ५ गते २१:५६
Shares
सर्जिकल सेन्टरको उद्घाटन

पर्सा : नेपाल नेत्रज्योति संघ रामकुमार महाबिर प्रसाद केडिया आँखा अस्पताल परवानीपुर वीरगञ्ज शाखा पर्साको छिपहरमाई गाउँपालिका वडा नं.५ भिस्वामा सर्जिकल सेन्टरको उद्घाटन गरिएको छ ।

ncell

बुधबार एक समारोहकाबीच सेन्टरको उद्घाटन गरिएको हो । आफ्नै गाउँ–ठाउँ भिस्वामा रहेको केडिया आँखा अस्पतालको शाखामा शल्यक्रिया हुने आयोजक संस्थाका सभापति एवं केडिया आँखा अस्पतालका अध्यक्ष राजेश कुमार केडियाले बताए । नेपाल नेत्रज्योति संघ रामकुमार महाबिर प्रसाद केडिया आँखा अस्पतालद्वारा सञ्चालित भिस्वा आँखा उपचार केन्द्रलाई सेवा फाउण्डेसन नेपालको आर्थिक सहयोगमा स्तरोन्नति गरिएको हो । 

भिस्वा शाखामा शुरु भएको शल्यक्रियाबाट नेपाल भारतका जनताहरुलाई सहज र सजिलो साथै पैसाको पनि बचत हुने अध्यक्ष केडियाले बताए ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष लिलावती देवी, विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत शनि कुमार साह, वडाअध्यक्ष मौजीलाल साह कानु, दिपेन्द्र सिंह,रामेश्वर महतो लगायत जनप्रतिनिधिहरुले केडिया आँखा अस्पतालको सर्जिकल सेन्टरलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि बिशिष्ट नारायण पटेलले आँखा उपचार केन्द्रको शाखाबाट यस क्षेत्रका मात्र नभइ नेपाल–भारतका जनताहरुले लाभ लिने बताए । कार्यक्रममा भारत सिमावर्ती सिकटाका मुखिया राजन चौरसिया, राष्ट्रिय जनता दल युनाइटेडका जिल्ला सचिव मदन पटेलले नेपाल–भारतको सम्बन्ध प्रगाढ रहने बताए ।

कार्यक्रममा नेता किशोरी साह कानु, नेत्र ज्योति संघका श्याम कुमार पोख्रेल, डाक्टर नितिन तुल्सयान, डाक्टर सन्तोष साह, भगवती चौधरी, प्रफुल श्रेष्ठ, केडिया आँखा अस्पतालका निर्देशक प्रकाश कुमार लगायतको सहभागिता रहेको थियो ।

ताजा खबर

सम्बन्धित खबर