२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

ज्योति विकास बैंक सम्मानित

Nada
२०८१ मंसिर ९ गते २०:५०
Shares
ज्योति विकास बैंक सम्मानित

काठमाडौं : डा. महावीर पुनद्वारा प्रवद्र्धित राष्ट्रिय आविष्कार केन्द्रले ज्योति विकास बैंक लिमिटेडलाई सम्मानित गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत उल्लेखनीय योगदान गर्दै नेपालका ५१ वटा ग्रामीण, दुर्गम र विभिन्न क्षेत्रका स्वास्थ्य संस्थाहरूमा ‘न्यानो नानी’ परियोजनामार्फत् बेबी वार्मर मेसिनको पहुँच पु¥याएकोमा केन्द्रले सो सम्मान गरेको हो ।

ncell

बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष डा. पुनले बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाललाई बैंकले पुर्‍याएको अतुलनीय योगदानप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै विशेष सम्मान पत्र प्रदान गरेका थिए । विगत ४ वर्ष देखि निरन्तर चलिरहेको ‘न्यानो नानी’ परियोजनामार्फत् राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित न्यानो नानी बेबी वार्मर मेसिनहरू निर्माण तथा आवश्यकता भएका स्वास्थ्य केन्द्रहरूमा जडानका लागि बैंकले वित्तीय सहयोग र बैंकका शाखा कार्यालयहरूको पहल र सहकार्यमा हालसम्म ५१ वटा बेबी वार्मर मेसिन जडान गरिसकेको छ ।

बैंकले सो परियोजनामार्फत् स्वास्थ्य क्षेत्रमा जीवनरक्षक उपकरण प्रदान गर्नुका साथै नेपालमै रहेका युवाहरूको सीपलाई उजागर गर्न र स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर