२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

ग्राहकको चाहनाअनुसार विद्युत आपूर्तिलाई सहज बनाएका छौं : केन्द्र प्रमुख भट्टराई

Nada
सूर्यप्रसाद भुसाल
२०८१ असार ५ गते २१:२५
Shares
ग्राहकको चाहनाअनुसार विद्युत आपूर्तिलाई सहज बनाएका छौं : केन्द्र प्रमुख भट्टराई

अर्घाखाँची : नेपाल विद्युत प्राधिकरण अर्घाखाँची वितरण केन्द्रले जिल्लाभर विद्युत आपूर्ति सहज ढंगले अगाडि बढाएको जनाएको छ । अर्घाखाँची पहाडि जिल्ला भएको कारण पनि विद्युत आपूर्तिमा असह हुने भएकोले अहिले निकै मिहिनेतका साथ जिल्लाको विद्युत आपूर्तिको काम सुधारोन्मुख रहेको प्राधिकरण अर्घाखाँची वितरण शाखाका प्रमुख इन्जिनियर त्रिलोचन भट्टराईले जानकारी दिए ।

ncell

भट्टराईका अनुसार अहिले सेवाग्राहीमैत्री विद्युत कार्यालयको रुपमा परिचित हुने गरी सेवाग्राहीको जनगुनासो तत्काल सम्बोधन गर्ने र कार्यालयमा सेवा लिन आउने ग्राहकहरुको समस्या हेरेर १० मिनेटभित्र काम सम्पन्न गर्न निर्देशन दिएकोले सोही अनुसार कर्मचारीले काम गरिरहेका छन् ।

अर्घाखाँची जिल्लामा हालसम्म ९८ प्रतिशत विद्युतीकरण भइसकेको छ । अब २ प्रतिशत ठाउँमा बाँकी रहेकोले ती बाँकी रहेका ठाउँमा समेत विद्युत यसै आर्थिक वर्षमा पूरा गर्ने कार्यालय प्रमुख इन्जिनियर भट्टराईले बताए ।

चालु आर्थिक वर्ष २०८०/०८१ मा जिल्लाभर ४ सय ८९ ग्राहक थप भएपछि अर्घाखाँची वितरण केन्द्रको मातहतमा ३८ हजार २ सय ३३ पुगेको र अझै केही ग्राहक बढ्ने छन् ।

अर्घाखाँचीमा कूल ग्राहक संख्यामा ३६ हजार ८ सय २५ अर्थात् ९६ प्रतिशत ग्राहक रहेका छन् भने बाँकी औद्योगिक, व्यापारिक क्षेत्रका ग्राहक रहेको प्राधिकरण वितरण केन्द्रका प्रमुख इन्जिनियर भट्टराईले बताए ।

वितरण केन्द्रले यस वर्ष भोल्टेज सुधार कार्यक्रम अन्तर्गत ११ वटा नयाँ ट्रान्सर्फमर जडान गरी (कूल जडित क्षमता ७०० के.भि.ए.) जडान कार्य सम्पन्न भएको र जसमध्ये १ वटा २०० के.भि.ए. ट्रान्सर्फमर जडान गरेको छ ।   

अर्घाखाँचीमा अहिले विद्युतीय सवारीहरुको चाप समेत बढ्दै गएको छ । विद्युतीय गाडि चार्जिङ  स्टेसन जडानका लागि प्राधिकरणले व्यवसायीहरुलाई सहज सुविधा दिने उद्देश्यले सहजीकरण गरिरहेको भट्टराईले बताए । 

अर्घाखाँचीमा विद्युत सुधार अभियान अन्तर्गत २ वटा ५० के.भि.ए.को ट्रान्सर्फमरलाई ५० के.भि.ए.बाट १०० के.भि.ए.मा अपग्रेड गरेपछि ग्राहकलाई थप सुविधा भएको प्राधिकरणको दावी छ । अर्घाखाँचीको शितगंगा नगपालिका वडा नम्बर ९ तिनखण्डे,  सिद्दाराको सिलिंगखोला क्षेत्रमा ८ कि.मि. एलटी लाइन विस्तारको काम अन्तिम चरणमा पुगेकाले अब केही दिनमा बत्ति बाल्ने तयारी भइरहेको वितरण केन्द्र प्रमुख भट्टराईले बताए । 

प्राधिकरणले विद्युतीय सुरक्षालाई प्राथमिकता दिँदै जिल्लाभर विभिन्न स्थानहरुमा रहेका जोखिमपूर्ण वितरण ट्रान्सर्फमरहरुमा घेरावार गर्ने काम सम्पन्न गरेको छ । जसअन्तर्गत मालारानी गाउँपालिकामा २४, शितगंगा नगरपालिकामा २०, पाणिनी गाउँपालिकामा ३, सन्धिखर्क नगरपालिकामा ३ र छत्रदेव गाउँपालिकामा ६ गरी ५६ वितरण ट्रान्सर्फमरहरुमा घेरावार कार्य सम्पन्न भएको प्राविधिकहरु बताउँछन् । विद्युत वितरण प्रणालीलाई सुरक्षित तथा जोखिममुक्त बनाउने क्रममा जिल्लाका विभिन्न बजार क्षेत्र र घनावस्ती भएका क्षेत्रहरुमा नाङ्गो तारहरुलाई विस्थापित गरी कालोतार जडान गर्ने काम तीव्र गतिमा अगाडि बढाइएको छ ।

uae

सम्बन्धित खबर