२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

सहकारीको मर्म विपरीत सञ्चालन गर्दा समस्या आयो : मुख्यमन्त्री पाण्डे

Nada
२०८१ मंसिर ७ गते १४:४०
Shares
सहकारीको मर्म विपरीत सञ्चालन गर्दा समस्या आयो : मुख्यमन्त्री पाण्डे

गण्डकीः गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले केही व्यक्तिको कमजोरीले गर्दा कारण सिङ्गो सहकारी क्षेत्र बदनाम भएको बताएका छन् । जिल्ला सहकारी सङ्घ लिमिटेड कास्कीको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उनले पछिल्लो समय सहकारीभन्दा तर्सिने अवस्था सिर्जना भएको छ भने । 

ncell

‘सहकारीको उद्देश्य, मर्म र भावनाविपरीत सहकारी सञ्चालन गर्दा समस्या आएको हो’, मुख्यमन्त्री पाण्डेले भने, ‘सहकारी संस्थाका नियमनकारी निकाय पनि कमजोर देखिएका छन् ।’ जतिसक्दो चाँडो सहकारीमा देखिएको समस्याको समाधान गरी सहकारी क्षेत्रको गुमेको साख फिर्ता ल्याउनुपर्ने उनको भनाइ छ । 

मुख्यमन्त्री पाण्डेले सहकारी बचत रकम अपचलनमा संलग्न भएको तथ्य प्रमाण भेटिए जुनसुकै व्यक्ति भए पनि कारबाहीको दायरामा आउने बताए । ‘सरकारले विनातथ्य प्रमाण कसैलाई पनि केही गर्दैन, दोषी भए कारबाही हुन्छ, निर्दोष भए सोहीअनुसार हुन्छ, यसमा अन्यथा सोच्नुपर्ने विषय केही छैन ।’प्रदेश सरकारले सहकारीमार्फत कृषि उत्पादनमा लागेका किसानलाई अनुदान दिँदै आएको बताए । 

गण्डकी प्रदेशका सहकारी रजिस्टार भेषराज रिजालले निष्क्रय रहेका सहकारी संस्था खोरजीको प्रक्रियमा रहेको बताए । सहकारी संस्था धेरै हुँदा न्यून जनशक्ति र संरचनाबाट प्रभावकारी नियमनमा जटिलता रहेको उनको भनाइ छ । डेरी उद्योगसमेत सञ्चालन गर्दै आएको उक्त सहकारी सङ्घले झण्डै २ करोडको लागतमा भवन निर्माण गरेको सङ्घका अध्यक्ष सावित्रा कोइरालालले जानकारी दिइन् । 

ताजा खबर

सम्बन्धित खबर