२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

पिठो तथा इन्धनको अभावले गाजामा बेकरी समेत बन्द हुने अवस्था : राष्ट्रसंघ

Nada
२०८१ मंसिर ६ गते १८:०४
Shares
पिठो तथा इन्धनको अभावले गाजामा बेकरी समेत बन्द हुने अवस्था : राष्ट्रसंघ

काठमाडौंः राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए) ले गाजा पट्टीमा भोकमरीमा परेका प्यालेस्टिनीहरूका लागि जीवन बचाउको रुपमा सेवा गरिरहेका बेकरीहरू समेत पिठो तथा इन्धनको अभावका कारण बन्द हुने अवस्थामा रहेको चेतावनी दिएको छ ।

ncell

ओसिएइचएले आफ्नो दैनिक प्रतिवेदनमा हालको समयमा उत्तरी गाजाका केही भागहरू अनिकालको जोखिममा रहेको समेत जनाएको  छ । यसका साथै गाजा पट्टीको मध्य र दक्षिणी भागहरूमा, गम्भीर भोकमरीको सामना गर्ने बाध्य परिवारहरूको संख्यामा तीव्र वृद्धि भएको रिपोर्ट गरिरहेको यसले जनाएको छ ।

‘विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का सहकर्मीहरूलाई उदृत गर्दै ओसिएएचएले हाल गाजामा मानवीय साझेदारहरूद्वारा समर्थित १९ वटा बेकरीहरू मध्ये सातवटा मात्र सञ्चालनमा रहेको प्रतिवेदनमा उल्लेख गरेको छ । पिठोको अभावकै कारण यस हप्ताको सुरुमा अन्य धेरै बेकरीहरू बन्द गर्न बाध्य भएको  यसले स्पष्ट पारेको छ  । 

ताजा खबर

सम्बन्धित खबर