२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको नयाँ बीमालेख योजना

Nada
२०८१ मंसिर ५ गते २१:०२
Shares
क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको नयाँ बीमालेख योजना

काठमाडौं : क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले क्रेस्ट लघु जीवन बीमा योजना सार्वजनिक गरेको छ । समृद्धि अग्रिम भुक्तानी लघु जीवन बीमा योजनामा बीमा गरे पश्चात नियमित ५/५ वर्षको अन्तरालमा बीमाङ रकमको निश्चित प्रतिशत रकम अग्रिम रूपमा फिर्ता हुँदै जाने र बीमा अवधि समाप्तीमा बाँकी विमांक रकम र सुनिश्चित थप रकम समेत प्रदान हुने कम्पनीले जनाएको छ । 

ncell

नियमित अन्तरालमा प्राप्त हुने रकमले व्यक्तिको जीवनकालमा आई पर्ने पढाई खर्च, विवाह, वर्तमन जस्ता धार्मिक, साँस्कृतिक कार्य तथा व्यवसाय सञ्चालन जस्ता विविध कार्यमा आर्थिक सहायता प्रदान गर्ने उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

त्यस्तै बीमा योजनामा न्यूनतम ५० हजारदेखि अधिकतम ५ लाख रूपैयाँँसम्मको रहने कम्पनीले जनाएको छ । त्यस्तै, बीमितको प्रवेश उमेर न्यूनतम १८ वर्षदेखि अधिकतम ५० वर्षसम्म हुनुपर्ने छ । अधिकतम बीमा समाप्ति उमेर ७० बर्ष र बीमा अवधि १५/२०/२५ वर्ष रहेको कम्पनीले जनाएको छ । 

ताजा खबर

सम्बन्धित खबर