२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

नेप्सेमा उच्च अंकको गिरावट

Nada
२०८१ मंसिर ४ गते १५:३३
Shares
नेप्सेमा उच्च अंकको गिरावट

काठमाडौंः मंगबार नेप्से परिसूचकमा उच्च अंकको गिरावट आएको छ । आज शेयर बजार ५१ दशमलव ११ अंकले घटेर २ हजार ७०२ को विन्दुमा कायम भएको छ । आज २० कम्पनीको शेयर मूल्य बढेको छ भने २२४ कम्पनीको मूल्य घटेको छ ।

ncell

योसँगै ङादी ग्रुप पावर कम्पनीको मूल्य अधिक घटेको छ । यो कम्पनीको मूल्य आज ९.२५ प्रतिशतले घटेको छ । साथै समृद्धि फाइनान्सको ८.५५ र जानाकी फाइनान्सको ८.२० प्रतिशतले मूल्य घटेको छ ।

बजार घट्दा पनि आत्मानिर्भर लघुवित्तको शेयर मूल्य भने १० प्रतिशतले बढेको छ । साथै नारायणी डेभलपमेन्ट बैंकको मूल्य ७ प्रतिशत र गुराँस लघुवित्तको शेयर मूल्य ५ प्रतिशतले बढेको छ ।

समूहगत रुपमा भने बैंकिङ समूह १.११, विकास बैंक २.२९, फाइनान्स २.३१, होटल तथा पर्यटन ३.१७, हाइड्रोपावर ३.०७, लगानी २.०८, जीवन बीमा १.९४, उत्पादन १.४८, माइक्रोफाइनान्स १.५०, निर्जीवन बीमा १.६९, अन्य १.५८ र व्यापार समूहको मूल्य २.२१ प्रतिशतले घटेको छ ।

यस्तै आज कारोबार समय भरिमा ३१० कम्पनीको २ करोड २५ लाख ८८ हजार २४७ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ४६ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४६ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साथै समृद्धि फाइनान्सको २९ करोड ८ लाख रुपैयाँ र पोखरा फाइनान्सको २४ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

ताजा खबर

सम्बन्धित खबर