२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

प्रभु केबलकारले आईपीओ निष्कासन गर्ने

Nada
२०८१ मंसिर ३ गते २१:४२
Shares
प्रभु केबलकारले आईपीओ निष्कासन गर्ने

काठमाडौं : प्रभु ग्रुपको स्वामित्वमा रहेको प्रभु केबलकारको सर्वसाधारणको लागि साधारण शेयर (आईपीओ) निष्कासन हुने भएको छ । प्रभु केबलकार एण्ड टुरिजम लिमिटेडले ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासनको काम कम्पनीले अगाडि बढाएको छ । 

ncell

केबलकारमा प्रभु ग्रुप एण्ड कम्पनिज अन्तर्गतका प्रभु ऊर्जा कृषि पर्यटन विकास लिमिटेड, प्रभु होल्डिङस् एण्ड हाइड्रो डेभलपमेन्ट कम्पनी लिमिटेड, हाइड्रो होल्डिङ एण्ड पावर डेभलपमेन्ट कम्पनी लिमिटेड, प्रभु स्टिल्स एण्ड हाइड्रो इक्युपमेन्ट इन्डस्ट्रिज लिमिटेड गरी ४ वटा कम्पनीको मुख्य लगानी रहेको छ । प्रभु केबलकारको लगानीमा तीनवटा केबलकार परियोजनाहरू अगाडि बढेका छन् । 

जसमध्ये बुटवलमा भगवान गौतम बुद्धको कुलगुरु ऋषि कालदेवलको आश्रम र नुवाकोट गढी पाल्पा जाने सिद्धार्थ केबलकार परियोजना गत असोजदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको कम्पनीले जनाएको छ । प्रभु केबलकारको आईपीओ निष्कासनको लागि बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ ।

ताजा खबर

सम्बन्धित खबर