२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

बर्दिया राष्ट्रिय निकुञ्ज मुख्यालय घेराउ

Nada
सन्तोष पौडेल
२०८१ मंसिर ३ गते २१:०८
Shares
बर्दिया राष्ट्रिय निकुञ्ज मुख्यालय घेराउ

बर्दिया : जंगली हात्तीबाट हुने आफ्नो धनजनको क्षति बचाइदिन अनुरोध गर्दै बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका बासिन्दाहरूले निकुञ्ज मुख्यालय घेराउ गरेका छन् । 

ncell

जंगली हात्तीबाट पीडित मधुवन नगरपालिका वडा नं.१ कैलासी, लालझाडी गाउँ र ठाकुरबाबा नगरपालिका वडा नं. ९ हात्तीसार, शिवपुर, बानुगाउँ, बद्रहवा लगायतका गाउँका बासिन्दाहरूले सोमबार निकुञ्ज मुख्यालय घेराउ गरेका हुन् ।

गएको एक हप्तामा मधुवन वडा नं. १ र ठाकुरबाबा वडा नं. ९ मा गरी १५ घर जंगली हात्तीले भत्काएपछि स्थानीयहरु निकुञ्ज प्रशासनको ध्यानाकर्षण गराउन निकुञ्ज मुख्यालय घेराउ गर्न पुगेको स्थानीयले बताए । 

घेराउ पश्चात मधुवन नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मिन थापा र ठाकुरबाबा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष राधा चौधरीको संयुक्त अध्यक्षतामा पीडितका प्रतिनिधि, निकुञ्ज प्रशासन, दुबै पालिकाका मध्यवर्ती क्षेत्रका उपभोक्ता समितिका अध्यक्ष तथा प्रतिनिधि, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना जवर जंग गणका सेनानी, एनटिएनसी प्रमुख लगायतको संयुक्त बैठकबाट मानव हात्ती द्वन्द्व व्यवस्थापन गर्नका लागि सहमति जुटाइएको थियो ।

बैठकमा विद्युतीय तारबारको सुधार तथा मर्मत गर्नुपर्ने, जंगली जनावर हात्तीले भत्काएका धर गोठ निर्माणका लागि आवश्यक काठपात नजिकैको सामुदायिक वनबाट उपलब्ध गराउने, हात्तीले आतंक मच्चाइ रहेको वडाहरूका गाउँ वस्तीमा सम्बन्धित वडा कार्यालयले हात्ती धपाउन ट्याक्टर तथा जेसीबी उपलब्ध गराउने, हात्ती धपाउन प्रयोग हुने टर्चलाइट, मट्टीतेल लगायतका सामग्रीहरू एनटिएनसीले उपलब्ध गराउने, हात्ती धपाउनको लागि हात्तीसार र कैलासीमा  रेपिड रेस्पोन्स टिम खटाउने लगायतको सहमति जुटेको मधुवन नगरपालिका वडा नं. १ का वडाध्यक्ष मीन थापाले बताए ।

uae

सम्बन्धित खबर