२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक बिदा, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

Nada
२०८१ मंसिर ३ गते ०९:४३
Shares
पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक बिदा, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

काठमाडौं : पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

ncell

यस्तै आज सरकारी कार्यालयहरु र नियोगहरुमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय पनि भएको सरकारका प्रवक्ता गुरुङले बताए ।

बैठकले ढुंगानाको निधनमा गहिरो शोक र भावपूर्ण श्रद्धाञ्जली तथा परिवारमा समवेदना व्यक्त गरेको छ ।

ढुंगानाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ । ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने पनि प्रवक्ता गुरुङले बताए ।

ढुंगानाको आइतबार दिउँसो उपचारको क्रममा निधन भएको थियो ।

ताजा खबर

सम्बन्धित खबर