२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

सन नेपाल लाइफले गर्‍यो मार्केटिङ म्यानेजरलाई सम्मान

Nada
२०८१ मंसिर २ गते २१:५९
Shares
सन नेपाल लाइफले गर्‍यो मार्केटिङ म्यानेजरलाई सम्मान

काठमाडौं : सन नेपाल लाइफ इन्स्योरेन्सले प्रदेश स्तरीय मार्केटिङ म्यानेजर कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले लुम्विनी प्रदेशका करिव २ सय जना मार्केटिङ म्यानेजरहरू सहित शुक्र र चन्द्र क्लवमा पर्न सफल अभिकर्तालाई सम्मान गरेको हो । 

ncell

कार्यक्रममा सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजकुमार अर्यालले जीवन बीमा अभिकर्ता पेशा एक सम्मानित र स्वतन्त्र पेशा भएको हुनाले सबैजना थप उर्जाका साथ अघि बढ्नुपर्ने कुरामा जोड दिए ।

सिइओ अर्यालले ग्राहकको माग तथा जनचाहानालाई सम्वोधन गर्न आपतमा राहत दिन सन मेडिकेयर जस्तो स्वास्थ्य सम्वन्धी जोखिम बहन गर्ने सुविधा ल्याउने पहिलो कम्पनी भएको हुनाले कम्पनीमा आबद्ध अभिकर्ताहरूलाई विश्वासका साथ अघि बढ्न प्रेरित गरेका थिए । 

उनले नेपालको बीमा बजारमा ग्राहकलाई नविनतम सुविधा दिने कुरामा सन नेपाल लाइफ सधैँ एक कदम अगाडि रहने प्रतिबद्धता पनि जनाएका थिए ।

ताजा खबर

सम्बन्धित खबर