२०८२ असार ५ गते बिहिवार / Jun 19 , 2025 , Thursday
२०८२ असार ५ गते बिहिवार
Ads

कृषि ज्ञान केन्द्रमा ‘कृषि प्रविधि पार्क’

shivam cement
सपना बोहरा
२०८१ कार्तिक २७ गते १९:५७
कृषि ज्ञान केन्द्रमा ‘कृषि प्रविधि पार्क’

दाङ : कृषि ज्ञान केन्द्र दाङमा कृषि प्रविधि पार्क सञ्चालन गरिएको छ । मौसमी तथा बेमौसमी समयमा पनि विषादीरहित तरकारी उत्पादन गर्न सकिन्छ भनेर किसानहरूलाई सिकाउने उद्देश्यले नमुनाको रूपमा कृषि प्रविधिवाहक सञ्चालन गरिएको हो । 

केन्द्रको आफ्नै कार्यालय परिसरमा रहेको करिब १५ कठ्ठा जग्गामा टमाटर, बन्दागोपी, काउली, केराउ, मोटर आलु, धनिया, तोरी, लसुन  मुला, गाँजर लगायतका नमुनाका रूपमा मौसमी तथा बेमौसमी खेती गरिएको कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थ विज्ञ पृथ्वीराज लामिछानेले जानकारी दिए । 

त्यसैगरी कृषि प्रविधि पार्कमा ड्रागन फ्रुट, उन्नत जातको आँप, लिच्ची   र अमला कटहर लगाइएको लामिछानेले बताए । कृषि ज्ञान केन्द्रका कर्मचारीहरुले  प्राविधिक प्राविधिक कर्मचारीहरूसँगै नमुनाको रूपमा कृषि प्रविधि पार्क सञ्चालन गरिएको उनले बताए । साथै कृषि क्षेत्रमा अध्ययन गरिरहेका विद्यार्थीहरूलाई पनि कृषि प्रविधि पार्कमा अध्ययन तथा अवलोकन गर्न सकिने उनको भनाइ छ । ‘कृषकहरूलाई कम सिँचाइ र विषादी रहित तरकारी उत्पादन गर्न सकिन्छ भनेर कार्यालयको खाली जग्गालाई सदुपयोग गरेका हौं’ कृषि ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख पिताम्वर बस्नेतले भने‘कृषकहरूसँग सम्बन्ध रहेकाले नै कृषि प्रविधि पार्क सञ्चालन गरेका छौं ।’

तरकारी उत्पादन गर्ने समयमा तरकारीको बेर्ना कति दुरीमा लगाउने, कम सिँचाइ भएको ठाउँमा थोपा सिचाई मार्फत पनि तरकारी लगाउन सकिन्छ सकिन्छ भनेर नमुनाको रूपमा पार्कमा तरकारी लगाइएको उनले बताए । पछिल्लो समयमा अत्याधिक विषादी र रासायनिक मलवृद्धि हुँदै गएकाले न्यूनीकरण गर्नतर्फ लागेको उनले बताए । मौसमी तथा बेमौसमी तरकारीहरूको बेर्ना आफै बनाएर खेती गरिएको उनले बताए ।

ADV

सम्बन्धित खबर

Advertise