२०८२ असार ६ गते शुक्रवार / Jun 20 , 2025 , Friday
२०८२ असार ६ गते शुक्रवार
Ads

'कांग्रेस विधानले चल्ने पार्टी हो'

shivam cement
महमद सदाब
२०८१ कार्तिक १७ गते १९:५३
'कांग्रेस विधानले चल्ने पार्टी हो'

वीरगञ्ज : नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं.१ पर्साले दिपावली तथा छठ को पवन अवसर मा शुभकामना आदान-प्रदान कार्यक्रम आयोजना गरेको छ । संविधानसभा सदस्य अनिल रुङ्गटाको प्रमुख अतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै रुङ्गटाले नेपाली कांग्रेस विधानले चल्ने पार्टी रहेको बताउँदै विधान बाहिर रहेका काम नगरिने बताए । उनले भने, 'केन्द्रको निर्देशनले हामी काम गर्ने हो । आउने चुनावमा हामी पहिलाको जस्तो गठबन्धन गरेर चुनाव लड्ने छैनौं । अबको चुनाव हामी बिनागठबन्धनको लड्ने छौं ।'

त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि मधेश प्रदेश सरकारका कृषि तथा वातावरण मन्त्री जनार्दन सिंह क्षेत्रीले मन्तव्यका क्रममा नेपाली कांग्रेस जनताको घर दैलोमै गएर पिर मार्का बुझ्ने पार्टी रहेको बताए । कार्यक्रमका विशिष्ट अतिथि नेपाली कांग्रेसका जिल्ला सचिव एवम् वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले भ्रममा नलागी पार्टी निर्माणमा लाग्न कांग्रेस कार्यकर्ताहरुलाई आग्रह गरे ।

कार्यक्रमको अध्यक्षता नेपाली कांग्रेस पर्सा क्षेत्र नं.१ का क्षेत्रीय कार्यवाहक सभापति अनिल सिंहले गरेका थिए भने नेपाली कांग्रेस पर्साका जिल्ला कार्यवाहक अध्यक्ष रामनारायण कुर्मीको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा तरुण दल पर्साका जिल्ला अध्यक्ष विकास तिवारी, युसुफ आलम, फिरोज अन्सारीलगायतको उपस्थिति रहेको थियो ।

ADV

सम्बन्धित खबर

Advertise