२०८२ असार ४ गते बुधवार / Jun 18 , 2025 , Wednesday
२०८२ असार ४ गते बुधवार
Ads

सन्धिखर्कमा प्लास्टिकका माला प्रतिबन्ध, स्थानीय फूल व्यापारी हर्षित

shivam cement
सुर्य प्रसाद भुसाल
२०८१ कार्तिक ११ गते २०:५९
सन्धिखर्कमा प्लास्टिकका माला प्रतिबन्ध, स्थानीय फूल व्यापारी हर्षित

अर्घाखाँची : अर्घाखाँची जिल्लाको  सन्धिखर्क  नगरपालिकाले प्लास्टिकका मालाहरुको बिक्रीमा रोक लगाएको छ । नगरपालिकाले नगर क्षेत्रभित्र तिहारको समयमा प्लास्टिकका मालाको बिक्री र प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले  जानकारी दिए  ।

नगर पालिकाले  स्थानीय फूलहरूको  व्यवसायलाई प्राथमिकतामा राखी स्थानीय  फूल किसानको माग अनुसार स्थानीयलाई थप प्रोत्साहन दिनुको साथै प्लास्टिकजन्य फोहोरको समस्या न्यूनीकरण गर्ने उद्देश्यले यो निर्णय गरिएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत  खिमान्नद भुसालले  जानकारी दिए ।

तिहारको समयमा प्लास्टिकका मालाहरुको प्रयोग बढ्ने  र नगरपालिकाको स्थानिय फूलहरु बिक्री नहुने  हुँदा  प्लास्टिक मालाका कारणले वातावरणमा प्रभाव पर्ने  फोहोरको मात्रा वृद्धि गर्ने र स्थानीय फूलहरूको प्रयोग घटाउने गरेको देखिएकोले नगरपालिकाले यस्तो निणर्य गरेको प्रमुख प्रशासकीय अधिकृत भुसालको  भनाइ छ । नगरपालिकाको बैठकले उक्त निर्णय गर्दै सबै वडा कार्यालय, प्रहरी प्रशासन, र उद्योग वाणिज्य संघलाई यो निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए । 

श्रेष्ठले भने,‘यो निर्णय तत्काल लागू गर्ने र नगरवासीहरूलाई यसमा सहयोग गर्न आग्रह गरेका छौं  ।’ स्थानीय उत्पादनहरूको प्रवद्र्धनमा यो निर्णय महत्वपूर्ण हुने अपेक्षा गरिएको छ, जसले स्थानीय फूल व्यवसायलाई पनि प्रोत्साहन दिनेछ ।

यस कदमले नगर क्षेत्रमा प्लास्टिकजन्य प्रदूषण कम गर्ने र वातावरणीय सन्तुलन कायम राख्न मद्दत पुर्‍याउने विश्वास नगरपालिकाले गरेको छ । साथै स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको कार्यलय प्रमुख भुसालले बताए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise