२०८२ वैशाख २१ गते आइतवार / May 04 , 2025 , Sunday
२०८२ वैशाख २१ गते आइतवार
Ads

नुहाउन गएका तीन बालिकाको डुबेर मृत्यु

सपना बोहरा
२०८१ कार्तिक ८ गते १७:४८
नुहाउन गएका तीन बालिकाको डुबेर मृत्यु

दाङ : दाङमा नुहाउन गएका तीन बालिकाको राप्ती नदीमा डुबेर मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर २ रनियाँपुरकी १२ वर्षीया झरना चौधरी, सोही ठाउँकै १२ वर्षीया निशा चौधरी र गढवा गाउँपालिका वडा नम्बर ४ खडकपुर घर भइ लमही नगरपालिका वडा नम्बर ५ मा बस्दै आएकी १२ वर्षीया कृष्टी चौधरीको दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर मृत्यु भएको हो ।

बिहीबार दिउँसो ३ बजे राप्ती नदीमा नुहाउन भनेर गएका तीन बालिकाको नदीमा डुबेको खबर पाएलगत्तै प्रहरी पुगेको थियो । पानीबाट निकालेर तीन बालिकालाई लमही अस्पतालमा पुर्‍याइएको र चेकजाँचपछि अस्पतालले मृत घोषणा गरेको दाङका प्रहरी प्रवक्ता डीएसपी ईश्वर थापाले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको पनि उनले बताए ।

ADV

सम्बन्धित खबर