२०८२ असार ७ गते शनिवार / Jun 21 , 2025 , Saturday
२०८२ असार ७ गते शनिवार
Ads

शितगंगा–११ मा आयमूलक योजना ल्याउन सुझाव

shivam cement
सुर्य प्रसाद भुसाल
२०८१ जेठ ३१ गते २२:०६
शितगंगा–११ मा आयमूलक योजना ल्याउन सुझाव

अर्घाखाँची : अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १४ का स्थानीयबासीहरुले वडालाई नगरमै उत्कृष्ट बनाएको भन्दै वडा अध्यक्षसहित सिंगो वडालाई धन्यवाद दिएका छन् । 

शितगंगा १४ को  वडा कार्यालयमा  भएको  वार्षिक बजेट, वडा सभा एवं सुझाव संकलन कार्यक्रममा बोल्ने स्थानीय अगुवाहरुले वडा उत्कृष्ट भएको भन्दै धन्यवाद दिए । 

कार्यक्रममा बोल्दै नगरका पूर्व नगरउपप्रमुख  टिका  बहादुर रेस्मीले आफु  नगर उपप्रमुख हुँदा वडा नम्बर १४ को  विकासका  लागि धेरै महत्वपूर्ण सहयोग गरेको बताउँदै  अहिले जनप्रतिनिधि नभए पनि तनमन वचनले  सहयोग गरेको बताए  । 

उनले आगामी वर्षहरुमा  वडाले भौतिक  कार्यक्रमलाई भन्दा पनि स्थानीयबासीको आर्थिक अवस्था सुधार गर्ने खालका आयमूलक  योजना ल्याउन जनप्रतिनिधिलाई सुझाव दिए ।

कार्यक्रममा वडा अध्यक्ष दामोदर न्यौपानेले चालु आर्थिक वर्षका योजनाहरुको प्रगति प्रस्तुत गर्दै   आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव संकलन गर्ने उद्देश्यले कार्यक्रम राखिएकोले जनताको आवश्यक्ता अनुसार बजेट बनाउने बताए  । 

वडाभित्र रहेका समस्यालाई आफुसहित वडा सदस्यले टोलटोलबाट संकलन गरेर ल्याएको भन्दै ती गुनासा तथा मागहरुलाई आगामी आर्थिक वर्षको बजेटमा संलग्न गराउने प्रतिवद्धता समेत अध्यक्ष न्यौपानेले व्यक्त गरे । 

कार्यक्रममा न्यौपानेले नदीजन्य पदार्थको अवैध उत्खनन्मा आफुलाई समेत जोडेर विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित गरेको भन्दै प्रमाणसहित आउन चुनौती दिए  । 

यदि प्रमाणसहित आएर पुष्टि गर्न सके आफुले वडा अध्यक्षको पदमा १ मिनेट नबसी  राजीनामा दिन तयार रहेको समेत बताए ।

कार्यक्रममा वडा सचिव मोदनाथ ज्ञवालीले चालु आर्थिक वर्षमा भएका कामको प्रगति विवरण प्रस्तुत गरेका थिए ।

वडा सदस्य ओम दर्लामीको स्वागत मन्तव्य, योगराज पल्लीले सञ्चालन गरेको कार्यक्रममा वडा सदस्यहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थी, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

ADV

सम्बन्धित खबर

Advertise