२०८२ असार ५ गते बिहिवार / Jun 19 , 2025 , Thursday
२०८२ असार ५ गते बिहिवार
Ads

सफल उद्यमी बनिन् गिता रावत, करोडौंको लगानी

shivam cement
सपना बोहरा
२०८१ असोज ७ गते २२:०५
सफल उद्यमी बनिन् गिता रावत, करोडौंको लगानी

दाङ : दाङ घोराही उपमहानगरपालिका वडा नं. १० की गिता रावत कृषिजन्य काममा प्रायः व्यस्त छिन् ।  चुलादेखि खेतवारीसम्म काम गर्नको लागि उनलाई  भ्याइनभ्याइ छ । रावतको बिहानको शुरुवात चुल्होबाट नै हुन्छ । बिहानको समयमा उनी विभिन्न परिकारका अचार बनाउँछिन् । 

सानैदेखि रावत कृषिमा चासो राख्थिन् । इच्छा भए हरेका कुरा सम्भव हुन्छ भने जस्तै उनी उद्यमीको रुपमा आफुलाई स्थापित बनाइ सकेकी छन् । चुल्होबाट शुरुवात गरेकी रावत अहिले करोडौंको लगानी गरेर सफल उद्यमी बनेकी छिन् । त्यति मात्र होइन् बिस विगाहा जग्गा भाडामा लिएर आफैं तरकारी तथा अन्न उत्पादन गर्छिन् । 

ति उत्पादन भएका अन्न तथा तरकारीहरु आफैं प्याकेजिङ, ब्राण्डीङ गरेर बेच्छिन् ।  आफुले चुल्होमा पकाउँदा जानेका सिकेका सीपहरु व्यवसायमा परिणत गरिन् । उनले विभिन्न परिकार अचार, टिमुर, आलस लगायतका छोपहरु बनाएर आफैं प्याकेजिङ, ब्राण्डीङ गरेर बजारसम्म बिक्रीका लागि पुर्‍याइन् । उनले सात वटा अन्न मिसाएर सातु पनि बनाउँदै आएकी छिन् । उनले बनाएको सातु र टिमुरको छोप प्रख्यात नै छ । महिनामा दुई क्वीन्टल हाराहारीमा सातु बेच्ने गर्छिन् उनी । ‘थोरै मात्रामा व्यवसायी गर्दा पनि उही दुःख, धेरै गर्दा पनि उही दुःख भनेर अलि ठूलो योजना बनाएर उद्यमीतर्फ लागेको हुँ’ रावतले भनिन् । 

घरकै लागि उनले लगाएको तरकारी बढी हुने भएपछि फरक तरिकाले व्यापार गर्ने सोचिन् । ‘घरमा लगाएको बन्दागोभी, मुला, खुर्सानी लगाएतका तरकारी बढी हुने गथ्र्यो’उनले भनिन्,‘बजारमा लगेर बेच्ने पनि पुग्दैनथ्यो, गाउँमै खेर जान्थ्यो । अचार गुन्द्रुक बनाएर आफैं ब्राण्ड गर्न थाले ।’ अचार, सिंकी, गुन्द्रक, सातु, मह, टिमुरको छोप, सनफलावरको छोप, आलसको छोपको बनाउने गरेको उनले बताइन् । 

उनले सनफलावर र आलसको आफै खेती गर्ने गरेकी छिन् ।  २० विगाहा जमिनमा अन्न बाली उब्जाएर आफैं ब्राण्डिङ गरेर बेच्ने गरेको उनले बताइन् । 
उनले चना, केराउ, मास, अरहर, मसुरो, खेसरी, सिमि लगायतका दाल पनि प्याकिङ गरेर बेच्ने गरेको छिन् । 

No description available.

उनले तोरी, मुला, सुर्यमुखीको तेल पनि बेच्ने गरेकी छिन् । यस्तै उनले च्याउको पनि उत्पादन गर्छिन् । उनले  १५ जना महिलाहरुलाई रोजगारी समेत दिएकी छिन् । माछा, कुखुरा पनि पालेकी छिन् । एघार वर्षदेखि उनले घोराहीमा एग्रोभेट सञ्चालन गर्दै आएकी छन् । ‘एग्रोभेटमा कति विषादी अनि अन्यन्त्रबाट लिएको बिउबिजन मात्र बेच्छु,’ उनले भनिन् । आफैं बिउबिजन उत्पादन गरेर बेच्ने योजना बनाएकोल उनले बताइन् । 

‘अरुको उत्पादन भन्दा आफैं उत्पादन गरेर ब्राण्डीङ प्याकेजिङ गरेर अर्गानिक कृषि जन्य वस्तुहरु बेच्न ठिक लाग्यो’ उनले भनिन् ।  उनले खेतबारीमा प्रयोग गर्नको लागि आवश्यक पर्ने औजार पनि बेच्दै आएकी छन् । बारी जोत्ने सम्याउनेदेखि लिएर धान रोप्ने, काट्ने दाउने लगायतका औजारहरु बेच्दै आएकी छन् । उनको उद्योगमा बेमौसमी तरकारी तथा फलफुलहरु पनि स्टक गरेर राखेकी छन् । सानो–सानो लगानीबाट नै सफल हुने उनले बताइन् । ‘मैले चुलोबाट नै अचार, छोप लगायतका परिकार बनाएर बेच्न थाले, त्यो सानो लगानीको सुरुवात थियो’ उनले भनिन्,‘पाँच बिगाहा जग्गाबाट खेती शुरुवात गरेको अहिले २० बिगाहा जमिन भाडामा लिएर भएपनि आफ्नै उत्पादन गर्न सफल भएको छु ।’

व्यस्त, स्वस्थ र आम्दानी पनि भएकाले सन्तुष्ट भएको उनले बताइन् । उनी अचार, च्याउ लगायतको प्रशिक्षक पनि हुन् । धेरै महिलाहरुलाई तालिम दिइसकेको उनले बताइन् । रावतको श्रीमान, एक छोरा र छोरी छन् ।

ADV

सम्बन्धित खबर

Advertise