२०८२ असार ६ गते शुक्रवार / Jun 20 , 2025 , Friday
२०८२ असार ६ गते शुक्रवार
Ads

नारायणी अस्पतालमा एमआरआई सेवा सञ्चालन

shivam cement
मध्यान्ह
२०८१ भदौ ३० गते १४:२४
नारायणी अस्पतालमा एमआरआई सेवा सञ्चालन

पर्साः नारायणी अस्पताल वीरगञ्जमा पाँच महिनादेखि अवरुद्ध भएको ‘एमआरआई’ सेवा आजदेखि पुनःसञ्चालनमा आएको छ । अस्पताल प्रशासन र एमआरआई मेसिन आपूर्तिकर्ताबीच भुक्तानीसम्बन्धी विवाद भएपछि पाँचमहिनादेखि सेवा अवरुद्ध भएको थियो । 

नारायणी अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा एनामुल हकले अस्पतालमा आजदेखि एमआरआई सेवा पुनःसञ्चालनमा ल्याइएको बताए । ‘यसअघि भुक्तानी विवादका कारण मेसिनको सफ्टवेयर अपडेट नहुँदा सेवा प्रभावित हुँदै आइरहेको थियो’, उनले भने, ‘भुक्तानी विवाद समाधानगरी नियमित सेवा सञ्चालन गरेका छौँ ।’

सङ्घीय सरकार मातहतको स्वास्थ्य सेवा विभागले गत कात्तिकमा बोलपत्रगरी आपूर्तिकर्ता लुम्बिनी हेल्थ केयर प्रालीमार्फत चीनबाट रु ३० करोडमा उक्त मेसिन खरिद गरेर सञ्चालनमा ल्याएको थियो ।

विभागले आपूर्तिकर्ताले मेसिन आयात गर्दा लागेको पाँच प्रतिशत कर नतिरेको भन्दै भुक्तानी रोकेको थियो । पछिल्लो समय प्रालीले पाँच प्रतिशत कर भुक्तानी गरेसँगै विभागले पनि बाँकी रहेको २० प्रतिशत बक्यौता रकम भुक्तानी गरेपछि नियमित एमआरआई मेसिन सञ्चालनमा ल्याइएको मेसु डा हकले उल्लेख गरे । नियमित सेवा सञ्चालनमा आएसँगै नागरिकले सस्तो र सहज सुविधा पाउने उनको भनाइ छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise