
काठमाडौं : भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री शाहले यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुका साथै दुई देशबीच विभिन्न विषयमा समझदारी गरेका थिए ।
त्यसपछि मोदीको आयोजनामा भएको दिवाभोजमा सहभागी भएका शाहले लगत्तै राष्ट्रपति मुर्मुसँग भेट गरेका हुन् ।
आइतबार भारत भ्रमणमा गएका प्रधानमन्त्री शाह द्विपक्षीय भेटवार्ता तथा कार्यक्रम सम्पन्न गरी सोमबार नै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।