२०८३ कार्तिक १४ गते शनिवार / Oct 31 , 2026 , Saturday
२०८३ कार्तिक १४ गते शनिवार

धनुषामा १० दिनदेखि बेपत्ता ७ वर्षीय बालक मृत फेला

Nada
२०८३ कार्तिक १४ गते १७:१६
Shares
धनुषामा १० दिनदेखि बेपत्ता ७ वर्षीय बालक मृत फेला

काठमाडौँ । धनुषाको नगराइन नगरपालिका–७ देवडिहाका ७ वर्षीय बालक साकेत झा मृत अवस्थामा फेला परेका छन् । उनी १० दिनदेखि बेपत्ता थिए ।

प्रहरीका अनुसार बालकको शव घरदेखि करिब अढाई किलोमिटर उत्तरतर्फ रहेको धानखेतमा फेला परेको हो ।

गत कात्तिक ४ गते दशैंको टीकाका दिन घरबाट निस्किएका साकेत त्यसपछि सम्पर्कविहीन भएका थिए। बालक हराएपछि परिवार, स्थानीयवासी र प्रहरीले निरन्तर खोजीकार्य गर्दै आएका थिए ।

खोजीका क्रममा आसपासका गाउँ, पोखरी तथा झाडीहरूमा समेत प्रहरी परिचालन गरिएको थियो । तर लामो समयसम्म बालकको अवस्था पत्ता लाग्न सकेको थिएन ।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार शव फेला परेपछि प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ ।

बालकको मृत्यु शंकास्पद देखिएकाले हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक आशंका छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर