२०८२ असार ७ गते शनिवार / Jun 21 , 2025 , Saturday
२०८२ असार ७ गते शनिवार
Ads

कर्मचारी युनियनद्वारा पर्यटकीय स्थल नरपानीमा सरसफाइ 

shivam cement
सुर्य प्रसाद भुसाल
२०८१ भदौ १ गते २१:३७
कर्मचारी युनियनद्वारा पर्यटकीय स्थल नरपानीमा सरसफाइ 

अर्घाखाँची : नेपाल निजामती कर्मचारी युनियन अर्घाखाँचीको आयोजनामा नरपानीमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको पूर्वसन्ध्यामा जिल्ला कार्यसमितिको बैठकको निर्णय अनुसार शनिबार नरपानी पिकनिक स्पट एरियामा सरसफाइ  गरिएको हो । 

जिल्लाभित्र रहेका युनियनकर्मी, जनप्रतिनिधि, नेता कार्यकर्ता, पत्रकार लगायतको उपस्थितिमा उक्त क्षेत्रमा फालिएका फोहोर वस्तु संकलन, मैदानभित्रको घाँसलाई व्यवस्थापन गरी सरसफाइ गरिएको हो । 

सरसफाइ कार्य पश्चात आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा मन्तव्य राख्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री बिष्णु प्रसाद खनाल मुस्कानले कर्मचारी युनियनले गरेको कार्यको मुक्तकण्ठले प्रसंशा गर्दै विभिन्न कार्यलयबाट सेवा दिँदा कर्मचारीले मुस्कानसहितको सेवा दिन आग्रह गरे ।

कर्मचारिले सरकारी अड्डाबाट सेवाग्राहिलाई सेवा मात्र नदिई सामाजिक कार्यमा पनि सहभागी हुने भएकाले देश निर्माणमा अहम् भूमिका खेलेको धारणा राखे ।

यस्तै जिल्ला सभापति केशव श्रेष्ठले शुभकामना मन्तव्य राख्दै कर्मचारिहरुका अधिकार प्राप्तिका निम्ति जिल्ला पार्टी सधैँ साथ रहने बताउदै जनताको पक्षमा काम गर्ने गरि लाग्न निर्देशन दिए ।

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल, सन्धिखर्क नगरपालिका वडा नम्वर ६ का वडाध्यक्ष श्रीधर महत्रा, निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य नवीन पन्थी, कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका जिल्ला अध्यक्ष कृष्ण वर्मा, कर्मचारी युनियन रुपन्देहीका अध्यक्ष चक्रपाणी पाण्डे, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य प्रेमनारायण आचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री शान्ता भण्डारी, शितगंगा नगरपालिका प्रमुख छबिलाल पौडेल, जिल्ला सचिव कृष्ण प्रसाद खनाल, जिल्ला सदस्य यमकला थापा, शितगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन रेग्मी, सन्धिखर्क ७ का वडाध्यक्ष चुरा केसी, भूमिकास्थान ८ वडाध्यक्ष राजकुमार श्रेष्ठ, निजामती कर्मचारी युनियनका पूर्व अध्यक्ष शेषकान्त घिमिरे, माधव अर्याल, शिव वर्मानिजामती कर्मचारी युनियन लुम्बिनी प्रदेश सदस्य, नुमलाल खनाल, सरिता भुसाल  रुद्रमणी भुसाल, बिष्णु खनाल, सागर महत, बिक्रम पाण्डे,अम्बिका श्रेष्ठ  निजामती कर्मचारी युनियनका नेताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रम निजामती कर्मचारी युनियनका जिल्ला काबा अध्यक्ष दीपक पाण्डेको अध्यक्षता र सहसचिव रमेश न्यौपानेको सञ्चालनम सम्पन्न भएको हो ।

ADV

सम्बन्धित खबर

Advertise