२०८३ असोज १४ गते बुधवार / Sep 30 , 2026 , Wednesday
२०८३ असोज १४ गते बुधवार

शेखर निकटका नेता देउवा समूहको महाधिवेशनमा सहभागी हुने

Nada
२०८३ असोज १४ गते १५:४७
Shares
शेखर निकटका नेता देउवा समूहको महाधिवेशनमा सहभागी हुने

काठमाडौँ : नेपाली कांग्रेसका नेता शेखर कोइराला निकटका केही नेता–कार्यकर्ता पूर्वसभापति शेरबहादुर देउवा समूहले आयोजना गर्न लागेको समानान्तर महाधिवेशनमा सहभागी हुने भएका छन् ।

ncell

देउवा समूहले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गरी मंसिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन गर्ने तयारी गरेको छ । संस्थापन पक्षले भने असोज १८ गते महाधिवेशन उद्घाटन गर्ने जनाएको छ ।

शेखर कोइरालाले पार्टी एकता नभएसम्म दुवै पक्षका महाधिवेशनमा सहभागी नहुने बताएका छन् । उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार कोइराला निकटका केही नेता संस्थापन पक्षको अधिवेशनमा सहभागी भइरहेका छन् भने केहीले स्वविवेकले देउवा समूहको महाधिवेशनमा सहभागी हुने तयारी गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर