२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

लुम्बिनीमा वैशाखमा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने

Nada
२०८२ माघ २२ गते १३:३९
Shares
लुम्बिनीमा वैशाखमा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने

काठमाडौँ : लुम्बिनीमा आगामी १६ र १७ वैशाखमा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने भएको छ।

ncell

बिहीबार बसेको लुम्बिनी विकास कोषको परिषद् बैठकले लुम्बिनीको पर्यटन प्रवर्द्धन तथा पर्यटक आगमन बढाउने उद्देश्यले अन्तर्राष्ट्रिय समुदायमा लुम्बिनीको प्रचारप्रसारलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यसहित सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा लुम्बिनी विकास कोषका अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा बसेको बैठकले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनका लागि मूल आयोजक समारोह समिति गठन गरेको छ।

समितिको संयोजक लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा रहने गरी १० सदस्यीय मूल समारोह समिति गठन गर्ने निर्णय गरिएको हो।

सरकारले चालु आर्थिक वर्षका लागि सम्मेलन आयोजनामा ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। यसअघि देशमा भएको राजनीतिक तथा संरचनात्मक परिवर्तनका कारण नोभेम्बरमा आयोजना गर्ने भनिएको सम्मेलन २५७०औँ बुद्ध जयन्तीको अवसर पारेर आगामी १६ र १७ वैशाखमा लुम्बिनीमा गर्ने तयारी गरिएको हो।
 

ताजा खबर

सम्बन्धित खबर