२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

अमेरिकाबाट ३५ जना नेपाली डिपोर्ट

Nada
२०८२ मंसिर ४ गते १५:०५
Shares
अमेरिकाबाट ३५ जना नेपाली डिपोर्ट
फाइल तस्बिर

काठमाडौं : अमेरिकाबाट ३५ जना नेपाली डिपोर्ट भएका छन् । अमेरिकाको अप्रवासन नीतिविपरीत त्यहाँ बसोबास गर्दै आएका ३५ नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको हो ।

ncell

डिपोर्ट भएका अधिकांश तल्लो बाटोबाट अमेरिका गएकाहरू रहेका छन् । मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार डिपोर्ट भएकामध्ये एक जना भने विद्यार्थी भिसामा गएका व्यक्ति पनि रहेका थिए । विद्यार्थी भिसामा गएका व्यक्तिलाई भिसा विपरित काम गरेको पाइएपछि डिपोर्ट गरिएको ब्युरोले जनाएको छ ।

उनीहरूलाई अमेरिकाबाट जहाजमा चढेदेखि नै हातमा हत्कडी र खुट्टामा नेल लगाइएको थियो भने उनीहरूका सामान बोरामा हालेर ल्याइएको थियो ।

तल्लो बाटो अमेरिका पुगेर डिपोर्ट भएकाहरूले अमेरिका पुग्न नै ८० लाख रुपैयाँसम्म खर्च गरेको बताइएको छ ।

डोनाल्ड ट्रम्प अमेरिकी राषट्रपतिमा निर्वाचित भएसँगै अमेरिकाले अवैध आप्रवासीहरूविरद्ध कडा कदम चालिरहेको छ । जसअनुसार अमेरिकाले अवैध आप्रवासीहरूलाई घर फिर्ता पठाइरहेको छ । यसअघि पनि अमेरिकाले २ सय भन्दा बढी नेपालीलाई डिपोर्ट गरेको थियो ।

ताजा खबर

सम्बन्धित खबर