२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

लायन्स क्लब अफ काठमाडौं नेपालयाद्वारा 'पिस पोस्टर प्रतियोगिता'का विजेतालाई पुरस्कार वितरण

Nada
२०८२ मंसिर १ गते १९:०४
Shares
लायन्स क्लब अफ काठमाडौं नेपालयाद्वारा 'पिस पोस्टर प्रतियोगिता'का विजेतालाई पुरस्कार वितरण

काठमाडौं : लायन्स क्लब अफ काठमाडौं नेपालयाले आयोजना गरेको 'पिस पोस्टर प्रतियोगिता' बुधबार टोखा–८, बाँनियाटारस्थित श्री फ्लोरोसेन्ट माध्यमिक विद्यालयमा सम्पन्न भएको छ । गत कात्तिक २८ गते भएको उक्त प्रतियोगितामा ८ देखि १३ वर्ष उमेरसमूहका ४७ जना विद्यार्थीले सहभागिता जनाएका थिए ।

ncell

'टुगेदर एज वान' विषयमा आधारित प्रतिस्पर्धात्मक चित्रकलामार्फत विद्यार्थीहरूले शान्ति, एकता र सहकार्यको सन्देश अभिव्यक्त गरेका थिए । प्रतियोगिताका उत्कृष्ट सहभागी विद्यार्थीलाई सोमबार विद्यालयमा पुरस्कार, मेडल तथा प्रमाणपत्र वितरण गरिएको विद्यालयले जानकारी दिएको छ । प्रतियोगितामा कक्षा ६ ‘ए’की श्रेया लौडारी प्रथम, कक्षा ७ ‘ए’की मेलिसा शाही द्वितीय र कक्षा ७ ‘डी’का मानिक अर्याल तृतीय भएका थिए ।

लायन्स क्लब अफ काठमाडौं नेपालयाका प्रेसिडेन्ट भुवन श्रेष्ठको सभापतित्वमा भएको पुरस्कार वितरण कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल ३२५ एल का फर्स्ट भिडिजी लायन तारा भूसाल, विद्यालयका अध्यक्ष मेघराज गौतम, प्राचार्य कमलप्रसाद न्यौपाने, सहप्राचार्य तीर्थराज घिमिरे तथा विभिन्न लायन लिडरहरूको उपस्थिति रहेको थियो ।

साथै डिस्ट्रिक ३२५ एलका चिफ एड्भाइजर प्रेमबहादुर थापा, जोइन्ट चिफ एड्भाइजर सुधीर शर्मा, को-चिफ एड्भाइजर धर्मनाथ तिमल्सिना तथा चिफ इन पिआरओ केशव पौडेलको पनि उपस्थिति थियो।

त्यसैगरी डेपुटी डिपार्टमेन्ट चिफ अमित थापा, प्रोजेक्ट म्यानेजर किरण श्रेष्ठ, रिजन चेयरपर्सन लक्ष्मी शर्मा, सचिव लायन प्रकाश श्रेष्ठ, कोषाध्यक्ष खेमराज चौधरी, लायन्स क्लब अफ गुनकेसरीकी अध्यक्ष अर्चना गौतमलगायत अन्य लायन लिडरहरूको समेत कार्यक्रममा सहभागिता रहेको थियो ।

ताजा खबर

सम्बन्धित खबर