२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

कलैयाका पूर्वनिमित्त डिभिजन प्रमुखसहित चार जनाविरुद्ध मुद्दा दायर

Nada
२०८२ कार्तिक ३० गते २०:००
Shares
कलैयाका पूर्वनिमित्त डिभिजन प्रमुखसहित चार जनाविरुद्ध मुद्दा दायर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, डिभिजन नं ४ कलैया, बाराका तत्कालीन निमित्त डिभिजन प्रमुख किशोरीप्रसाद यादवसहित चार जना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

ncell

बारामा आर्थिक वर्ष २०७९/८० का विभिन्न निर्माण कार्यका लागि आह्वान गरिएका २३ वटा बोलपत्रको सूचना सार्वजनिक खरिद ऐनअनुसार राष्ट्रियस्तरको पत्रिकामा प्रकाशन गर्नुपर्नेमा सो नगरी मिलेमतोमा ठेक्का प्रक्रिया अघि बढाइएको उजुरीपछि आयोगले अनुसन्धान गरेको थियो । 

अनुसन्धानका क्रममा उक्त डिभिजनका तत्कालीन निमित्त डिभिजन प्रमुख यादव, लेखापाल प्रदिप दास तथा सान्दर्भिक मिडिया नेटवर्क प्रालिका प्रबन्धक निसान्त सिग्देल र प्रभाव दैनिकका बजार प्रबन्धक सन्तोषराज खरेलले गैरकानुनी कार्य गरेको भेटिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए ।

उनका अनुसार सार्वजनिक रूपमा सूचना प्रकाशन नै नगरी प्रभाव दैनिकको एक मात्र प्रति तयार पारी झुट्टा बिल भर्पाइका आधारमा सान्दर्भिक मिडिया नेटवर्क प्रालिलाई रु तीन लाख १६ हजार ५७० भुक्तानी गरेको पाइयो । 

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) (ङ) बमोजिमको कसुरमा आरोपित सबैलाई रु तीन लाख १६ हजार ५७० बिगो कायम गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर