२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

तीन करोड बढीको लागतमा पक्की पुल निर्माण

Nada
२०८२ कार्तिक २८ गते ०९:४८
Shares
तीन करोड बढीको लागतमा पक्की पुल निर्माण

सुर्खेत : दैलेखको महाबु गाउँपालिका भएर बग्ने तारागाढ खोलामा रु तीन करोड ६२ लाख ७६ हजारको लागतमा हलुका सवारीसाधन सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माण भएको छ । 

ncell

दुल्लुस्थित पूर्वाधार विकास कार्यालयका प्रमुख प्रवीण कार्कीका अनुसार यो पुल निर्धारित समयभन्दा आठ महिना पहिले निर्माण सम्पन्न भएको छ ।

जिल्लाका आठबीसकोट नगरपालिकाको चिनियाथापा खोला र चामुण्डाविन्द्रासैनी नगरपालिकाको मछेइनामा निर्माणाधीन पक्की पुल पनि सम्पन्न हुने चरणमा छन् ।

ताजा खबर

सम्बन्धित खबर