२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

विद्युत् आपूर्ति नहुँदा पाँच दिनदेखि हुम्ला सदरमुकामसहित खार्पुनाथ गाउँपालिका अन्धकार

Nada
२०८२ कार्तिक २८ गते ०७:४७
Shares
विद्युत् आपूर्ति नहुँदा पाँच दिनदेखि हुम्ला सदरमुकामसहित खार्पुनाथ गाउँपालिका अन्धकार

हुम्ला : आइतबारदेखि जिल्ला सदरमुकाम सिमकोटसहित खार्पुनाथ र सिमकोट गाउँपालिका अन्धकार भएको छ । सदरमुकाममा रहेको सिमकोट गाउँपालिका–४ मा रहेको पावरहाउससहितका संरचना मर्मत गर्नुपर्ने भएकाले विद्युत् आपूर्ति नहुँदा दुई पालिकासहित सदरमुकाममा विद्युत् प्रवाह हुन नसकेको विद्युत् प्राधिकरणका प्रमुख जितेन्द्र शाहले बताए।

ncell

पावरहाउसको इन्टेक र ओभरफ्लोको मर्मत गर्नुपर्ने भएकाले पाँच दिनदेखि विद्युत् सेवा आपूर्ति हुन नसकेको प्रमुख शाहले बताए। मर्मत जारी रहेको हुँदा बिहीबार विद्युत् सेवा आपूर्ति हुन नसक्दा आइतबारसम्म यो सेवा पूर्ण रूपमा सञ्चालनमा आउने विश्वास गरिएको छ । पावरहाउसमा फर्बे र ओभरफ्लोमा सिमेन्ट प्लास्टर गरेको पक्की नहुँदा आइतबारदेखि मात्रै यो सेवा सञ्चालनमा आउने भएको छ ।

हप्ता दिन पुग्न लाग्दासम्म दुई गाउँपालिकामा रहेका करिब २५ सय सेवाग्राहीलाई सेवा दिन नसक्दा प्राधिकरणले क्षमासमेत मागेको छ । विद्युत् आपूर्ति बन्द हुँदा सदरमुकाम सिमकोटमा रहेका सरकारी तथा गैरसरकारी कार्यालयमा नियमित कामकाजमा बाधा पुगेको छ । स्थानीय तहका अधिकांश वडामार्फत हुने सिफारिससमेत रोकिँदा सेवाग्राही मर्कामा परेका छन् । वडा कार्यालयमा सोलार जडान नभएका कारण विद्युतीय कामकाज हुने सबै खालका काम बन्द छन् ।

ताजा खबर

सम्बन्धित खबर