२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

विकट बस्तीमा शितगंगाको घुम्ती सेवा

Nada
सूर्यप्रसाद भुसाल
२०८२ कार्तिक २७ गते २१:१३
Shares
विकट बस्तीमा शितगंगाको घुम्ती सेवा

अर्घाखाँची : शितगंगा नगरपालिका, अर्घाखाँचीले सिंहदरबारको परिकल्पना कार्यान्वयन गर्दै गाउँ–गाउँमा एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने अभियान सुरु गरेको छ । नगरपालिका अन्तर्गत वडा नम्बर ८ को लाहापेबाट बिहीबार पहिलो सेवा सुरु भएको छ ।

ncell

नगरपालिकाका मेयर छबिलाल पौडेलले नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउन घुम्ती शिविर सञ्चालन गरिएको जानकारी दिँदै यस अभियानले विशेषगरी ग्रामीण क्षेत्रमा रहेका नागरिकलाई लक्षित गरेको बताए । उपमेयर गिता भाटले स्वास्थ्य जाँच, कृषि परामर्श र नगरपालिकाका कामको जानकारी पाउन नसक्ने नागरिकलाई सेवा पुर्‍याउन शिविर सञ्चालन गरिएको बताइन् । उनले शिविरमार्फत वडा ८ का नागरिकले प्रत्यक्ष रुपमा सेवा पाएको दाबी पनि गरिन् । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन पहिलो शिविर लाहापेमा सञ्चालन गरिएको उल्लेख गर्दै, सचेतना कम भएका ठाउँमा घरदैलोमा सेवा उपलब्ध गराउन यस कार्यक्रम प्रभावकारी हुने बताए ।

योजना शाखा प्रमुख नुमलाल खनालले कृषकहरूले बिउ लिन, माटो परिक्षण गर्न, स्वास्थ्य जाँच गराउन र परामर्श लिनका लागि नगरमा आउन नपर्ने अवस्था सिर्जना भएको भन्दै नगरको सेवाले विकट वडाका नागरिकमा आशा थपेको बताए ।

शिविरमा अपांगता परिचयपत्र, ज्येष्ठ नागरिक परिचयपत्र वितरण, पाठेघरको मुखको क्यान्सर परीक्षण, निःशुल्क औषधि वितरण, क्षयरोग परिक्षण, विभिन्न योजनाहरूको सम्झौता तथा उपभोक्ता समितिका पदाधिकारीलाई परामर्श प्रदान गरिएको थियो ।

वडा ८ का अध्यक्ष रुकेस आलेले नगरको सेवाले आफ्नै वडामा नागरिकलाई सहज सेवा उपलब्ध गराएको बताए ।

ताजा खबर

सम्बन्धित खबर