२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

राष्ट्रपतिसमक्ष चार राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

Nada
२०८२ कार्तिक २७ गते १८:०२
Shares
राष्ट्रपतिसमक्ष चार राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चार देशका नवनियुक्त राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।

ncell

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित छुट्टाछुट्टै विशेष समारोहबीच चार देशका राजदूतले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

नेपालका लागि इजिप्टका राजदूत शरिफ मुस्तफा अलसैयद, नर्वेकी राजदूत डाग्नी म्योस, श्रीलङ्काकी राजदूत रुवान्थी डेलपिटिया र म्यानमारका राजदूत थान्त सिनले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस रेका हुन् । उक्त समारोहमा सरकारका उच्च पदस्थ अधिकारहरूसमेत सहभागी थिए ।   

ताजा खबर

सम्बन्धित खबर