२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

प्रगतिशील राष्ट्रिय अभियानले भन्योः फागुन २१ मा निर्वाचन गर्नुको विकल्प छैन

Nada
२०८२ कार्तिक २७ गते १५:१५
Shares
प्रगतिशील राष्ट्रिय अभियानले भन्योः फागुन २१ मा निर्वाचन गर्नुको विकल्प छैन

काठमाडौंः पूर्वमन्त्री जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानले फागुन २१ मा निर्वाचन गर्नुको विकल्प नरहेको बताएको छ । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अभियानले फागुन २१ मा निर्वाचन गर्नुको विकल्प नरहेको बताएको हो । 

ncell

पत्रकार सम्मेलनका क्रममा बोल्दै पूर्वमन्त्री सुदन किराँतीले फागुन २१ मा कुनैपनि हालतमा निर्वाचन हुनुपर्ने बताए । नेपालको संविधान यतिबेला ट्रयाक भन्दा बाहिर रहेको भन्दै ट्रयाकमा फर्काउन निर्वाचनको विकल्प नभएको बताए। लोकतन्त्रमा निर्वाचन बाहेक अर्को उपाय हुन नसक्ने उनको भनाइ छ । आगामी निर्वाचनबाट विगत ३५ वर्ष यता सत्तामा रहेका अनुहारलाई विस्थापन गर्नुपर्ने जरुरी रहेको बताए । 

उनले भने, ‘फागुन २१ गते कुनैपनि हालतमा निर्वाचन हुनैपर्छ । नेपालको संविधान यतिबेला ट्रयाक भन्दा बाहिर छ । त्यसलाई हामीले ट्रयाकमा फर्काउनैपर्छ । लोकतन्त्रमा निर्वाचन बाहेक अर्को उपाय हुनै सक्दैन । त्यो निर्वाचनमा एउटै अनुहार विगत ३५ वर्षदेखि एउटै अनुहार म्युजिकल चियरको रुपमा गेम खेलिरहेका अनुहारलाई नेपाली जनतासँग एकतावद्ध भएर बिदा गर्नेछौँ ।’

किराँतीले नेपालमा असमानता, गरिबीको अन्त्य गर्न चाहनेहरुसँग एकता हुने बताए । नेपाली कम्युनिष्ट पार्टीसँग कुनै एकता नहुने उनको दाबी छ । आजको आवश्यकता रुपान्तरण र पुस्तान्तरणको भएको बताए । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले समाजवाद, शहीद लगायतको नाममा आफ्नो स्वार्थपूर्ति गर्ने काम गरेको आरोप लगाए ।

ताजा खबर

सम्बन्धित खबर