२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

राज्यले टिकापुर विद्रोहलाई मात्रै अपराधिक बनायोः रेशमलाल चौधरी

Nada
२०८२ कार्तिक २६ गते १४:४८
Shares
राज्यले टिकापुर विद्रोहलाई मात्रै अपराधिक बनायोः रेशमलाल चौधरी

काठमाडौंः नागरिक उन्मुक्ति पार्टी, नेपाल (नाउपा, नेपाल)का संरक्षक रेशमलाल चौधरीले देशका सबै आन्दोलनहरूलाई सरकारले राजनीतिक रूपमा हेरेपनि टिकापुर आन्दोलनलाई भने अपराधको रूप दिएको आरोप लगाएका छन् ।

ncell

बुधवार निर्वाचन आयोगले नाउपा, नेपाललाई दल दर्ताको प्रमाणपत्र दिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन् । राज्यले हालै भएको आन्दोलनलाई पनि राज्यले राजनीतिक बनाएको बताए । जेनजी आन्दोलनमा आन्दोलनकारी र सुरक्षाकमी दुवै मारिएको उल्लेख गर्दै उनले त्यस आन्दोलनलाई पनि राजनीतिक रूपमा सम्बोधन गरिएको बताए । तर टिकापुर विद्रोहलाई राज्यले अपराधको रूपमा लिएको उनको भनाइ छ ।

उनले यो नै निरकुंशताको प्रतिक भएको बताए । नेपालमा रहेको विभेद, अन्याय र राज्यको निरकुंश व्यवहारविरुद्ध आफूहरु लाग्ने उनले बताए । टिकापुर घटनालाई राजनीतिक आन्दोलनका रूपमा मान्यता दिन र सो आन्दोलनमा संलग्न सबै कैदी र फरार अभियुक्तहरूको मुद्दा फिर्ता गर्न माग गरे । उनका अनुसार सो घटनामा संलग्न करिब ३० जना अझै पनि फरारको सूचीमा छन् भने तीन सयभन्दा बढी व्यक्तिमाथि मुद्दा दायर गरिएको छ । उनले राज्यले आफूहरुमाथि गरेको अन्याय, दमन र विभेदको माफी माग्नुपर्ने बताए ।

उनले टिकापुर घटनाका सबै राजबन्दीलाई तुरुन्त रिहा गर्नुपर्ने बताए । उनले आफ्नो पार्टीले देशभरका सबै उत्पीडित वर्गको आवाज बोक्ने बताए । उनले आगामी निर्वाचनमा नाउपा, नेपालले कमैया, दलित, मुक्तकमलरी, सुनार, जनजाती र मुस्लिमका युवाहरु र एकल महिलाहरुलाई संसदमा पुर्‍याउने बताए । आफ्नो पार्टीको सिद्धान्त समुदायमा आधारित समाजवाद हुने उनको भनाइ छ । 

ताजा खबर

सम्बन्धित खबर