२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

ललितपुर महानगरपालिकामा आगलागी आपत्कालीन सूचना प्रणालीकाे सुरुवात

Nada
२०८२ कार्तिक २५ गते १८:३६
Shares
ललितपुर महानगरपालिकामा आगलागी आपत्कालीन सूचना प्रणालीकाे सुरुवात

ललितपुरः ललितपुर महानगरपालिकाले आगलागी आपत्कालीन सूचना प्रणाली सुरुवात गरेको छ ।

ncell

महानगर प्रमुख चिरीबाबु महर्जनले आज पाटन दरबार क्षेत्रमा स्वीच जडान गरेर आगलागी आपत्कालीन सूचना प्रणालीको सुरुवात गरेका हुन् । उक्त प्रणालीको शुभारम्भ गर्दै उनले आगलागी वा अन्य विपद्का समयमा तत्काल सूचना प्रदान गरी क्षति नियन्त्रण गर्न मद्दत पुर्‍याउने उद्देश्यले यो प्रणाली जडान गरिएको बताए ।

‘हामीले यस प्रणालीलाई परीक्षणस्वरूप सञ्चालनमा  ल्याएका छौँ, प्रभावकारी देखिए ललितपुर महानगरका सबै चोकमा विस्तार गर्ने योजना छ । अहिले हामीले नमूना परिक्षण गर्न खोजेका हौँ । यसको कार्यक्षमता परीक्षण गरिँदैछ’, प्रमुख महर्जनले भने ।

ललितपुर महानगरपालिकाले विपद् व्यवस्थापनका क्षेत्रमा अन्य नगरपालिकाभन्दा अघि बढेर काम गर्दै आएको उनको दाबी थियो । विपद् व्यवस्थापनका क्षेत्रमा काम गर्न र आगलागी नियन्त्रणका लागि दुई दमकल किन्ने निर्णय गरिएको उनले बताए । यसअघि सो महानगरपालिकाले विपद् वा आकस्मिक गुनासो सुन्न ११३१ नम्बरको टोल–फ्रि सेवा सञ्चालनमा ल्याइसकेको छ ।

आगलागीबारे जानकारी दिन एलएमसी एपबाट स्वीच थिचेको सात सेकेन्डमा महानगरको प्रहरी कन्ट्रोलमा साइरन बज्ने प्रणाली सञ्चालन गर्न विद्युत् आपूर्ति बन्द हुँदा पनि ४८ घण्टासम्मको ब्याकअपका लागि ब्याट्रीको व्यवस्थापन गरिएको अग्निनियन्त्रक राजकुमार ठकुरीले जानकारी दिए । मङ्गलबजारमा जडान गरिएको उक्त प्रणाली विस्तारै टोलटोल, उद्योग, कलकारखानामा राख्ने तयारी भइरहेको उनले बताए । 

ताजा खबर

सम्बन्धित खबर