२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

पार्टीभित्र एक–अर्कामाथि लाञ्छना लगाउने प्रवृत्ति आत्मघातिः प्रवक्ता महत

Nada
२०८२ कार्तिक २५ गते १७:४३
Shares
पार्टीभित्र एक–अर्कामाथि लाञ्छना लगाउने प्रवृत्ति आत्मघातिः प्रवक्ता महत

काठमाडौंः नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीभित्र सामाजिक सञ्जालमार्फत एक–अर्कामाथि लाञ्छना लगाउने तथा आफ्नै सहकर्मीलाई होच्याउने प्रवृत्ति देखिनु आत्मघाति भएको टिप्पणी गरेका छन् ।

ncell

मंगलवार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले जारी केन्द्रीय समिति बैठकमा महाधिवेशन छिटोभन्दा छिटो  गर्नुपर्ने कुरामा नेताहरुबीच एकमत रहेपनि सहमति जुट्न नसकेको बताए ।

उनकाअनुसार बैठकमा राष्ट्रिय निर्वाचनको संघारमा हाम्रो  आन्तरिक निर्वाचन गर्नु कति उपयुक्त छ ? सँगसँगै त्यसको लागि हाम्रो यथेष्ट तयारी समेत पुगेको अवस्था भए नभएको विषयमा छलफल केन्द्रित रहेको छ । उनले बैठकको अन्त्यसम्ममा महाधिवेशनबारे पार्टीको आधिकारिक निर्णय हुने विश्वास व्यक्त गरे ।

निर्वाचनअघि महाधिवेशन हुनै नसक्ने संस्थापन पक्ष, चुनावमा नयाँ नेतृत्व लिएर मात्रै जानुपर्ने दुई महामन्त्री र संस्थापनइतरको अडानले कांग्रेसभित्र आन्तरिक टकराव चुलिएको छ ।  
 

ताजा खबर

सम्बन्धित खबर