२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

जेनजी पुस्ता राजनीतिक सुझबुझका साथ आउन सक्नुपर्छः भावना राउत

Nada
२०८२ कार्तिक २५ गते १६:२३
Shares
जेनजी पुस्ता राजनीतिक सुझबुझका साथ आउन सक्नुपर्छः भावना राउत

काठमाडौंः जेनजी अभियन्ता भावना राउतले निर्वाचनले मात्रै मुलुकको गतिरोध अन्त्य गर्नसक्ने बताएकी छन् । नेपाल कानुन समाजले मंगलवार काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन् ।

ncell

अभियन्ता राउतले संविधानको रक्षा गर्दै मुलुकलाई अघि बढाउनुपर्नेमा पनि आफू दृढ रहेको बताइन् । यो संविधानमा उल्लेख गरिएको संघीयता, धर्मनिरपेक्षता, लोकतन्त्र आफूले अनुशरण गरेर अघि बढ्ने उनको भनाइ थियो । अभियन्ता राउतले जेनजी पुस्ताले पनि मुलुकलाई निकास दिनका लागि राजनीतिक सुझबुझ देखाउनुपर्ने बेला आएको बताइन् ।

उनले भनिन्,‘यो चुनाव सोलुसन होइन भन्दागर्दा लोकतन्त्रको डेडलकमा गएर कहाँ हिट गर्ने भन्ने कुरा अलिकति हामीपनि राजनीतिक भाषा बोल्न सुझबुझका साथ आउनुपर्छ जस्तो लाग्छ । मुलुकलाई डेडलकबाट निकाल्न सक्ने एउटा मात्रै अवस्था भनेको चुनाव हो । संविधान बनाउँदाखेरी संविधान सभाबाट पारित संविधान हो यो हाम्रो । यो संविधानलाई यत्तिकै छुन पाइँदैन । म यो संविधान मान्छु, संघीयता मान्छु । धर्मनिरपेक्षता पनि मान्छु । म लोकतन्त्र पनि मान्छु । यति भन्दैगर्दा संविधान रिफर्म हुनुहुन्न भनेको होइन । संविधान रिफर्म गर्नका लागि विगत १० वर्षमा भएका गल्ती एउटा आयोग बनाएर जुन जननिर्वाचित संसद आउँछ । त्यो संसदको पहिलो काम नै संविधान संशोधन गर्ने एजेण्डासहित उनीहरु निर्वाचनमा जानुपर्छ ।’

अभियन्ता राउतले आगामी निर्वाचनपछि बन्ने प्रतिनिधि सभाले संविधान संशोधनको मुद्दालाई पहिलो प्राथमिकतामा राख्नेगरी निर्वाचनको एजेण्डा बनाएर अघि बढ्नुपर्ने समेत बताइन् । 

ताजा खबर

सम्बन्धित खबर