२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

नक्सालको भाटभटेनी भत्काउने क्रममा तीन मजदुर घाइते

Nada
२०८२ कार्तिक २३ गते १७:१५
Shares
नक्सालको भाटभटेनी भत्काउने क्रममा तीन मजदुर घाइते

काठमाडौँ : जेनजी आन्दोलनका क्रममा आगलागी भएको नक्सालस्थित भाटभटेनी सुपरस्टोर भत्काउने क्रममा केही मजदुर घाइते भएका छन् ।

ncell

जिल्ला प्रहरी परिसरका अनुसार दिउँसो ३ बजेर ४० मिनेटमा प्रहरीलाई खबर आउँदा पुरिएकामध्ये एक जनाको स्थानीयले नै उद्धार गरिसकेका थिए ।

प्रहरी पुगेपछि थप दुई जनाको उद्धार भएको र उपचारका निम्ति शिक्षण अस्पताल महाराजगञ्ज लगिँदै छ ।

भत्किएको ठाउँमा एक जना पुरुषको आवाज आइरहेको र स्थानीय बासिन्दाको सहयोगमा प्रहरी उनको खोजीमा जुटेको पहरीको भनाई छ ।

ताजा खबर

सम्बन्धित खबर