२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

थबाङमा अन्तरक्रिया कार्यक्रम हुँदै

Nada
सुर्य प्रकाश बुढा मगर
२०८२ कार्तिक २२ गते १६:३०
Shares
थबाङमा अन्तरक्रिया कार्यक्रम हुँदै

रोल्पा :  नेपाल पत्रकार महासंघ रोल्पा शाखाको “विकासमा सञ्चार” अभियानअन्तर्गत, नेपालको आमूल परिवर्तनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थबाङ गाउँपालिकाको विकास तथा सञ्चारकर्मीहरूको भूमिकासम्बन्धी अन्तरक्रिया कार्यक्रम गर्न लागिएको छ । 

ncell

कार्यक्रम आइतबार सामुदायिक हल थबाङ ठुलो गाउँमा बिहान आठ बजेदेखि गर्न लागिएको हो । कार्यक्रममा सरोकारवाला जनप्रतिनिधि, स्थानीय बुद्धिजीवी, राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघ–संस्था, सुरक्षा निकाय, शिक्षक–कर्मचारी, युवा क्लब, आमा समूह, व्यवसायी लगायत सम्पूर्ण महानुभावहरूलाई उपस्थितिका लागि आग्रह गरिएको समन्वयकर्ता तथा पत्रकार गोविन विश्वकर्माले जानकारी दिएका छन् । 

पछिल्लो समय थबाङमा भएको विकास निर्माणको बारेमा सञ्चारकर्मीहरुले खेलेको भुमिका बारेमा चर्चा गरिने नेपाल पत्रकार महासंघ रोल्पाले जनाएको छ । कार्यक्रमको लागि शनिबार नेपाल पत्रकार महासंघको टोली सदरमुकाम लिबाङदेखि थबाङ प्रस्थान गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर