२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

सर्पको डसाइबाट महिलाको मृत्यु

Nada
२०८२ कार्तिक २२ गते १३:४४
Shares
सर्पको डसाइबाट महिलाको मृत्यु

झापा : सर्पको डसाइबाट झापाको गौरादहमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह नगरपालिका–६ तेडियाडाँगी बस्ने २५ वर्षीया चादनीदेवी शर्मा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

ncell

घरभित्र खाद्य भण्डारमा सामान निकाल्ने क्रममा गएराति ८:३० बजे आसपासमा उनलाई गोमन सर्पले दायाँ खुट्टामा डसेको थियो । त्यसपछि उनलाई उपचारका लागि सामुदायिक सर्प दंश उपचार केन्द्र सिजुवा मोरङ लगिएकामा चिकित्सकले राति ११:४५ बजे मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ ।

गर्मीसँगै वर्षात्का समयमा सर्प डसाइको प्रकोप हुने गरेको भए पनि हिउँदका समयमा सर्प डसाइको घटना हुँदै आएको केन्द्रका इञ्चार्ज देवीप्रसाद भण्डारीले बताए। केन्द्रमा चालु आर्थिक वर्षको चार महिनामा ३७० जनाले उपचार सेवा पाएको उनको भनाइ छ । 

ताजा खबर

सम्बन्धित खबर