२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

कैलालीमा १२ हजार ५०० ‘क्विन्टल’ धान खरिद

Nada
२०८२ कार्तिक २१ गते १३:२७
Shares
कैलालीमा १२ हजार ५०० ‘क्विन्टल’ धान खरिद

कैलाली : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलालीमा १२ हजार ५२७ ‘क्विन्टल’ धान खरिद गरेको छ । यही कात्तिक १२ गतेदेखि जिल्लाका छ स्थानबाट धान खरिद सुरु गरेको खाद्य कम्पनीले हालसम्म उक्त परिमाणमा खरिद गरेको हो । 

ncell

हालसम्म जिल्लाको टीकापुर खरिद केन्द्रबाट तीन हजार ८७९ क्विन्टल, मोहनपुरबाट दुई हजार ३३९ क्विन्टल र सत्तीबाट दुई हजार क्विन्टल धान खरिद गरिएको कार्यालय प्रमुख दीपक थापाले जानकारी दिए । उनका अनुसार गौरीगङ्गा खरिद केन्द्रबाट एक हजार ७२४ क्विन्टल, भजनीबाट एक हजार ३०० क्विन्टल र जोशीपुरबाट एक हजार २८५ क्विन्टल धान खरिद गरिएको छ ।

कार्यालय प्रमुख थापाका अनुसार खाद्य कम्पनीले सरकारद्वारा निर्धारित न्यूनतम समर्थन मूल्यमा मोटा धान खरिद गरिरहेको जनाए । सरकारले यस वर्ष मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ४६३ रुपैयाँ ८१ पैसा निर्धारण गरेको छ । 

यस वर्ष कम्पनीले जिल्लामा पहिलो चरणका लागि धान खरिद कोटा ३५ हजार क्विन्टल निर्धारण गरेको बताउँदै उनले एक किसानबाट बढीमा ५० क्विन्टलका दरले खरिद गरिने जानकारी दिए। धान बिक्रीका लागि किसानले परिचय खुल्ने कागजात, किसान प्रमाणित भएको वडाको सिफारिस तथा चेकको प्रतिलिपि ल्याउनुपर्ने व्यवस्था गरिएको उनले बताए।

गत वर्ष जिल्लामा कम्पनीको धान खरिद कोटा ५५ हजार क्विन्टल रहेकामा ३४ हजार ५०१ क्विन्टल मात्रै खरिद भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर