२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

जेनजीसहितका युवा पुस्तालाई सामेल गरेर अघि बढ्न पार्टी एकीकरण अभियान सुरु गर्‍यौंः नेता श्रेष्ठ

Nada
२०८२ कार्तिक १८ गते १५:४८
Shares
जेनजीसहितका युवा पुस्तालाई सामेल गरेर अघि बढ्न पार्टी एकीकरण अभियान सुरु गर्‍यौंः नेता श्रेष्ठ

काठमाडौंः नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले जेनजीसहितका युवा पुस्तालाई सामेल गरेर अघि बढन आफूहरुलाई पार्टी एकीकरणको अभियानलाई अघि बढाएको बताएका छन् ।

ncell

मंगलवार काठमाडौंमा आयोजित पार्टी राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकमा बोल्दै उनले जेनजी आन्दोलनको मुद्दालाई आत्मासात गरेर उनीहरुलाई पनि सामेल हुनेगरी नौ वटा कम्युनिष्ट पार्टीहरुबीच एकीकरणको काम गर्नुपरेको बताएका हुन् ।

उनले नेकपा एससहितका नौ वटा कम्युनिष्ट पार्टीहरुको बीचको एकीकरण नेपालको कम्युनिष्ट पार्टीहरुको एकीकरणको कोशेढुंगा सावित हुने दाबी समेत गरे । नेता श्रेष्ठले राष्ट्रिय, सुशासन, समृद्धि र समाजवादीको आधार निर्माणको पक्षमा आउने सबै कम्युनिष्ट शक्तीहरुलाई आफूहरुले एकीकृत गर्दै अघि बढ्ने लक्ष्य लिएको जिकिर समेत गरे । 

उनले भने,‘नौ वटा पार्टीहरुले त्यसमा हस्ताक्षर गरिसकेका छन् । हामी नेपाली कम्युनिष्ट आन्दोलनको नयाँ शीराबाट एकीकरण र पुनर्गठनका लागि अगाढि बढने निर्णय गर्‍यौं भनेर त्यो हस्ताक्षर भइसकेको छ । हाम्रो एकता हाम्रो रणनीतिक लक्ष्यलाई, हाम्रो आर्दशलाई केन्द्रविन्दुमा राखेर विचार, सिद्धान्त, राजनीति, विधि, पद्धति, संस्थागतता, सामूहिकता, सर्वहारा प्रगतिशील संस्कृति र जनमुखिता, वर्गमुखिता यो कुरालाई केन्द्रविन्दुमा राखेर यसको निम्ति सिंगो पार्टीलाई कम्युनिष्ट आन्दोलनलाई रुपान्तरणसहित अघि बढाउनका निम्ति हामीले यो एकता गर्दैछौं ।  तेस्रो हामी जेनजी आन्दोलन जो भयो । जेनजी आन्दोलनको चेतनाको अभाव, जेनजी आन्दोलनको मुद्दाहरु जो हामीले पनि उठाउँदै आएका थियौं । त्यो मुद्दाहरुलाई आत्मसात गरेर यसमा प्रभावित पार्ने र जेनजीसहितका युवा पुस्ताहरुलाई पनि पार्टी पुनर्निर्माणको प्रक्रियामा सामेल गर्ने उद्देश्यसहित हामी नयाँ एकीकृत पार्टी पुनर्निर्माणको अगाडि बढिराखेका छौं ।’

नेता श्रेष्ठले नेपालको समृद्धिका लागि सबै कम्युनिष्ट शक्तिहरुलाई एकतावद्ध गरेर अघि बढ्नुको विकल्प नरहेको समेत बताए । 

ताजा खबर

सम्बन्धित खबर